राष्ट्रिय जनमोर्चाकाे प्रदेश सम्मेलन सर्याे, अब फागुनमा हुने
5 years अगाडी
manoj Thapa
काठमाण्डाै – राष्ट्रिय जनमोर्चा (राजमाे) ले आउँदाे फागुन ६ र ७ गते प्रदेश सम्मेलन गर्ने भएको छ ।
यसअघि पार्टीले आउँदो माघको १५ र १६ गते प्रदेश सम्मेलन तोकेको थियो । अहिले कोभिड–१९ (काेराेना भाइरस) को नयाँ भेरियन्टको बढ्दो जोखिम र कतिपय आवश्यक तयारी पूरा हुन नसकेका कारण सात वटै प्रदेश सम्मेलन केही हप्तापछि सारेको अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिनुभयो ।
देशव्यापीरूपमा सङ्गठन सुदृढीकरण अभियान थालेको पार्टीले मातहतका प्रदेश, जिल्ला, स्थानीय कमिटीलाई स्वास्थ्य मापदण्ड अपनाएर मात्र राजनीतिक कार्यक्रम सञ्चालन गर्न आग्रह गरेको छ ।
जनताको प्रत्यक्ष सरोकार राख्ने समस्या समाधानमा जनवर्गीय सङ्गठनलाई निर्देशन गरेको पार्टीले भिड हुने सभा–सम्मेलनलाई समेत स्थगित गरेको छ । ujyaalo
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटङ कुवेत सम्पर्क मञ्चको ७औं अधिवेशन तथा १६औं वार्षिकोत्सव सेप्टेम्बर २५ मा हुदै ।
राज्यले घटनाको जिम्मेवारी नलिएसम्म गणेशको शव नबुझ्ने परिवारको अडान
राहदानी विभागको प्रवेशद्वार अगाडि युवकले आत्मदाह प्रयास गरे
वैदेशिक रोजगारीको सामाजिक लागत
इरानका पूर्व सर्वोच्च नेता खामेनीको अन्त्येष्टिमा लाखौँ मानिस सहभागी
सरकारको आश्वासनपछि चिया उद्योग खुले
रोल्पाका १० स्थानीय तहमा ५ अर्ब १५ करोडको बजेट, शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारमा जोड
लुम्बिनी समाज नेपाल कुवेतद्वरा यहि आउदो शुक्रबार १२ तारीख १३ औं बार्षिक उत्सव तथा खुला भलिबल प्रतियोगिता गर्दै।
Loading...