प्लास्टिकजन्य फोहोर व्यवस्थापनका लागि राष्ट्र सङ्घले बलियो सन्धि गर्नुपर्ने अनुसन्धानकर्ताहरुको निष्कर्ष
प्लास्टिकजन्य फोहोर व्यवस्थापनका लागि संयुक्त राष्ट्र सङ्घस्तरमा बलियो सन्धि आवश्यक रहेको एउटा प्रतिवेदनले जनाएको छ ।
वातारणीय अनुसन्धान एजेन्सी (ईआईए) ले सार्वजनिक गरेको एउटा प्रतिवेदनमा प्लास्टिकबाट वातारणमा पुगेको क्षतिबारे प्रशस्त प्रमाणहरु रहेको भन्दै यसलाई रोक्न संयुक्त राष्ट्र सङ्घले सन्धि गर्नुपर्ने उल्लेख छ ।
प्लास्टिकका कारण भइरहेको प्रदूषणले निम्त्याएको चुनौती जलवायु परिवर्तनको सरह रहेको पनि प्रतिवेदनमा उल्लेख छ ।
सास फेर्ने हावा, खाने खाना, माटो तथा हिउँमा पनि प्लास्टिकका साना कणहरु रहेको भन्दै अनुसन्धानकर्ताहरुले प्लास्टिकको उत्पादन तथा प्लास्टिकजन्य फोहोरको मात्रा कम गर्नका लागि बाध्यकारी सन्धि हुनुपर्ने बताएका बीबीसीले जनाएको छ ।
थाइल्यान्डमा प्लास्टिकजन्य फोहोर खाएपछि २० वटा हात्ती मरेका उदाहरण दिँदै प्रतिवेदनमा प्लास्टिकको गम्भीर असर देखाउने यस्ता थुप्रै घटनाहरु भएका उल्लेख छ ।
प्लास्टिकका कणहरुको कारण हिउँ पग्लिने क्रम समेत बढेको प्रतिवेदनमा भनिएको छ । प्लास्टिकको प्रयोगमा अहिलेकै अवस्था कायम रहे अबको २० वर्षमा समुद्रहरुमा प्लास्टिकको मात्रा त्यहाँ रहेका माछाको भन्दा बढी हुने चेतावनी दिइएको छ । उज्यालो
January 19, 2022 12:48 am | समाचार,स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला