Friday 29th March 2024

प्लास्टिकजन्य फोहोर व्यवस्थापनका लागि राष्ट्र सङ्घले बलियो सन्धि गर्नुपर्ने अनुसन्धानकर्ताहरुको निष्कर्ष

2 years अगाडी

प्लास्टिकजन्य फोहोर व्यवस्थापनका लागि संयुक्त राष्ट्र सङ्घस्तरमा बलियो सन्धि आवश्यक रहेको एउटा प्रतिवेदनले जनाएको छ ।

वातारणीय अनुसन्धान एजेन्सी (ईआईए) ले सार्वजनिक गरेको एउटा प्रतिवेदनमा प्लास्टिकबाट वातारणमा पुगेको क्षतिबारे प्रशस्त प्रमाणहरु रहेको भन्दै यसलाई रोक्न संयुक्त राष्ट्र सङ्घले सन्धि गर्नुपर्ने उल्लेख छ ।

प्लास्टिकका कारण भइरहेको प्रदूषणले निम्त्याएको चुनौती जलवायु परिवर्तनको सरह रहेको पनि प्रतिवेदनमा उल्लेख छ ।

सास फेर्ने हावा, खाने खाना, माटो तथा हिउँमा पनि प्लास्टिकका साना कणहरु रहेको भन्दै अनुसन्धानकर्ताहरुले प्लास्टिकको उत्पादन तथा प्लास्टिकजन्य फोहोरको मात्रा कम गर्नका लागि बाध्यकारी सन्धि हुनुपर्ने बताएका बीबीसीले जनाएको छ ।
थाइल्यान्डमा प्लास्टिकजन्य फोहोर खाएपछि २० वटा हात्ती मरेका उदाहरण दिँदै प्रतिवेदनमा प्लास्टिकको गम्भीर असर देखाउने यस्ता थुप्रै घटनाहरु भएका उल्लेख छ ।

प्लास्टिकका कणहरुको कारण हिउँ पग्लिने क्रम समेत बढेको प्रतिवेदनमा भनिएको छ । प्लास्टिकको प्रयोगमा अहिलेकै अवस्था कायम रहे अबको २० वर्षमा समुद्रहरुमा प्लास्टिकको मात्रा त्यहाँ रहेका माछाको भन्दा बढी हुने चेतावनी दिइएको छ । उज्यालो

 

          January 19, 2022 12:48 am | समाचार,स्वास्थ्य


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...