दाङमा पेस्ताेल आकारकाे लाइटर बालेर स्थानीयलाई तर्साउने ७ जना पक्राउ
दाङ – दाङको तुलसीपुर प्रहरीले स्थानीयलाई त्रसित पारेको आरोपमा सात जनालाई पक्राउ गरेको छ । आइतबार बिहान ५ बजेतिर तुलसीपुर उपमहानगरपालिका ३ भ्युडरमा रहेकाे खाली गोठबाट सात जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।
प्रवक्ता रिजालका अनुसार रक्सी सेवन गरी पेस्ताेल आकारको लाइटरबाट आगो बालेर स्थानीयलाई त्रसित पारेको भन्ने सूचनाको आधारमा खटिएको तुलसीपुर इलाका प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका ९ निवासी २५ वर्षीय सन्तोष बस्याल, २३ वर्षीय पोषण ओली २१ वर्षीय अलिज मिया, वडा नं. ६ निवासी २१ वर्षीय केतु ओली, वडा नं. ९ निवासी १८ वर्षीय मोहन बस्नेत रहेका छन् । समूहमा १६ र १७ वर्षीय दुई जना नाबालक पनि रहेकाे प्रहरीले जनएकाे छ ।
त्यस्तै उनीहरुको साथबाट प्रहरीले तीन थान हँसिया, बन्चरो एक थान, खुडा एक थान र पेस्ताेल जस्ताे देखिने लाइटर एक थान बरामद गरेको छ । साथै उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ । उज्यालो
February 6, 2022 1:23 pm | अपराध,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला