Wednesday 17th August 2022

अब काठमाण्डौबाट यूएई जाने यात्रुले विमानस्थलमा र्‍यापीड पीसीआर गर्न नपर्ने

6 months अगाडी

काठमाण्डौ –  नेपालबाट यूएई जाने यात्रुले अब विमानस्थलमा र्‍यापीड पीसीआर परीक्षण गर्न नपर्ने भएको छ ।

यूएईले पछिल्लो समय गरेको निर्णय अनुसार काठमाण्डौबाट दुबई यात्रा गर्ने यात्रुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडानको समयभन्दा ६ घण्टाभित्र गर्दै आएको र्‍यापीड पीसीआर परीक्षण गर्न नपर्ने भएको हो । फागुन १ गतेदेखि नै यो नियम कार्यान्वयनमा आएको भन्दै अब यात्रुले विमानस्थलमा र्‍यापीड पीसीआर गर्न नपर्ने एक विज्ञप्ति जारी गर्दै नेपाल एयरलाइन्सले जनाएको छ ।

विमानस्थलमा र्‍यापीड पीसीआर परीक्षण गर्न नपरे पनि यूएई जानका लागि ४८ घण्टा भित्रको पीसीआर नेगेटिभ रिपोर्ट भने अनिवार्य नै छ ।

यूएई सरकारले कोरोना महामारीको दोस्रो लहरको समयमा सङ्क्रमण रोकथामका लागि यो नियम लागू गरेको थियो । उज्यालो

          February 16, 2022 12:36 pm | स्वास्थ्य


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...