Friday 26th April 2024

एमसीसी सम्झौता कार्यान्वयनको बाटाेमा अघि बढ्यो : एमसीसी मुख्यालय

2 years अगाडी

काठमाण्डाै – अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीले आफू र नेपाल सरकारबीच ५० करोड अमेरिकी डलर बराबरको अनुदान सम्झौता कार्यान्वयनको बाटाेमा गएको जनाएको छ ।
एमसीसी मुख्यालयले हिजाे मङ्गलवार राति निकालेको विज्ञप्तिमा नेपालको सङ्घीय संसदबाट फागुन १५ गते अनुमोदन भएको सम्झौतालाई स्वीकार गरेको समेत जनाएको छ । लामो समय विवादमा परेको एमसीसी सम्झौता १२ बुँदे व्याख्यात्मक घोषणासहित संसदले अनुमोदन गरेको थियो ।

एमसीसी कम्प्याक्टलाई अनुमोदन गर्ने निर्णयले नेपाल सरकारलाई सार्वभौमसत्ता सम्पन्न लोकतान्त्रिक राज्यको रूपमा सधैँ कायम राखेको विज्ञप्तिमा उल्लेख छ । साथै सम्झौता अनुमोदनले पाँच वर्षे कार्यक्रमलाई कार्यान्वयन गर्ने दिशामा काम जारी राख्न सक्षम बनाउने र यसबाट बिजुलीको थप भरपर्दो आपूर्ति, यातायात तथा रोजगारी सिर्जनामा मद्दत गर्ने भनिएको छ ।
यो वर्ष नेपाल र अमेरिकाबीच कुटनीतिक सम्बन्धको ७५ औँ वर्ष हो । ‘यी ७५ वर्षमा नेपालमा अतुलनीय परिवर्तनहरू देखिएका र एमसीसी तथा अमेरिकी नागरिक यी परिवर्तनमा नेपालको साथमा उभिएका छन् । नेपालको लोकतान्त्रिक मूल्य–मान्यता र दीर्घकालीन आर्थिक समृद्धिलाई आउँदा दिनमा पनि निरन्तरता दिनेछौँ’, विज्ञप्तिमा भनिएकाे छ । उज्यालो

          March 2, 2022 2:48 pm | राजनीति,रोचक,समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...