जागिरकाे लागि भन्दै फारम भराएर पैसा असुल्ने तर जागिर नदिने ९ जना पक्राउ, सचेत रहन आग्रह
काठमाण्डाै – जागिर दिने भन्दै विज्ञापन खुलाउने, फारम शुल्क र जब ग्यारेन्टी शुल्क लिएर नागरिकलाई ठग्ने नौ जना काठमाण्डौबाट पक्राउ परेका छन् ।
काठमाण्डौका विभिन्न ठाउँमा जब सेन्टर खाेलेर जागिर दिने भन्दै विभिन्न सञ्चारमाध्यममा विज्ञापन दिने, आवेदकहरूबाट पाँच सय रुपैयाँसम्म फारम शुल्क लिने र ६ हजार रुपैयाँसम्म जब ग्यारेन्टी शुल्क लिनेहरू पक्राउ परेका महानगरीय अपराध महाशाखाले जनाएको छ ।
नयाँ बानेश्वरको सोसाइटी वेलफेयर म्यानेजमेन्टका सञ्चालक अर्घाखाँचीका अमर पाण्डे र तिलक पाण्डे, बालाजुको जब प्लेसमेन्टका सञ्चालक लमजुङका आनन्द मरहट्ठा, कोटेश्वरको एमएन मल्टिपर्पोसका सञ्चालक सिरहाका विवेक यादव र एबीएस जब ट्रेनिङ सेन्टरका सञ्चालक ओखलढुङ्गाका अश्विन राई पक्राउ परेका छन् । यस्तै कोटेश्वरमा सिन्धु रोजगारी सेवा सञ्चालन गर्ने सिन्धुलीका घनश्याम पहाडी, चावहिलमा प्राश्ना जब इन्टरनेशनल मल्टिप्रपोजका सञ्चालक रौतहटकी सृजना लामिछाने, कोटेश्वरको क्विकमाण्डु एमपी प्राइभेट लिमिटेडका सञ्चालक विराटनगरकी ज्ञानु न्यौपाने र कोटेश्वरमा अनमोल जब मल्टिपल प्राली सञ्चालन गर्ने रौतहटका रामवचनकुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूले फारम भर्ने व्यक्तिहरूलाई विज्ञापनमा उल्लेखित सर्त बमोजिमको काममा नलगाउने तथा जागिरमा लगाइ हाले पनि तोकिएअनुसार तलब र सुविधा नदिइ केही समयमा नै जागिर छोड्न बाध्य बनाउने गरेको पाइएको अपराध महाशाखाले जनाएको छ ।
यस्तै कुनै एक जब सेन्टरमा फारम दर्ता गरिसकेको व्यक्तिलाई तपाईँको जागिर पक्का भइसकेको छ भनी अर्को जब सेन्टरमा पठाएर त्यहाँसमेत फारम शुल्क असुल्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।
काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँमा जागिर लगाइदिने प्रलोभनमा ठगी भइरहेको पाइएकाले रोजगारदाता कम्पनीको पृष्ठभूमि अध्ययन गर्न सम्बन्धित सबैमा प्रहरीले अनुरोध पनि गरेको छ ।उज्यालो
March 8, 2022 2:58 am | अपराध,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला