Sunday 19th May 2024

रेड पान्डाकाे छाला र चरेससहित बाँकेबाट ६ जना पक्राउ

2 years अगाडी

बाँके – बाँके प्रहरीले रेड पान्डाकाे छाला र लागुऔषध चरेससहित ६ जनालाई आज आइतवार दिउँसाे पक्राउ गरेको छ ।

नेपालगञ्जको शिक्षण अस्पताल नजिकको एक होटलबाट दुई थान रेड पान्डाकाे छालासहित चार जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा डोल्पाका शुकराम विक, विवेक बोहोरा, रामकृष्ण शाही र हर्कबहादुर विक रहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी पुष्पलाल चाेकमा रहेकाे एक होटलबाट तीन किलो चरेससहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालीकोटका प्रवीण शाही र नेपालगञ्जका राज कार्की रहेका छन् ।

रेडपान्डा कारोबारीहरूलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ (१) अनुसार पाँच लाखदेखि १० लाख रुपैयाँसम्म जरिबाना र पाँच वर्षदेखि १५ वर्षसम्म कैद सजाय हुन सक्ने जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) मधुसुदन न्यौपानेले बताउनुभयो ।

यस्तै चरेस ओसारपसार गर्नेलाई लागुऔषध नियन्त्रण २०३३ को दफा १४ (घ) अनुसार एक वर्षदेखि तीन वर्षसम्म कैद र पाँच हजारदेखि २५ हजार रुपैयाँसम्म जरिबाना हुन सक्ने
व्यस्था छ । उज्यालो

          March 20, 2022 11:01 pm | अपराध,समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...