Sunday 19th May 2024

अस्पताल परिसरमा कुकुरले डुलाएको शवको पहिचान खुल्यो

2 years अगाडी

सुर्खेत – प्रदेश अस्पताल सुर्खेत परिसरमा गएकाे शनिवार कुकुरले डुलाएको नवजात शिशुको शवको पहिचान खुलेको छ । प्रहरी अनुसन्धानपछि शवको पहिचान खुलेको हो ।

अस्पताल प्रशासनले शव व्यवस्थापनमा आफ्नो लापर्बाही नभएको भन्दै घटनाको अनुसन्धान गर्न शनिवार नै जिल्ला प्रहरीलाई लिखित पत्राचार गरेको थियो । कुकुरले अस्पताल परिसरमा टाउको नभएको एक नवजात शिशुको शव च्यापेर डुलिरहेको तस्बिर भाइरल भएपछि अस्पतालको ध्यानाकर्षण भएको थियो । शव व्यवस्थापनमा गम्भीर लापर्बाही भएको भन्दै सामाजिक सञ्जालमा अस्पतालको चर्को आलोचना भएको थियो ।

जिल्ला प्रहरी कार्यालयले त्याे शव दैलेखको आठबीस नगरपालिका ९ का पवित्रा विकका बच्चाको रहेको जनाएको छ । कार्यालयका प्रहरी निरीक्षक कनकबहादुर शाहीका अनुसार यही चैत १४ गते प्रदेश अस्पतालमा पवित्राबाट मृत बच्चा जन्मिएको थियो । आफैँले दाह संस्कार गर्छु भनेपछि अस्पतालले शव हस्तान्तरण गरेको थियो । पवित्रा र उहाँका श्रीमान् गोपालले प्रहरी समक्ष आफूहरूले बच्चाको शव अस्पताल क्षेत्रभित्रको जङ्गलमा गाडेको र त्यहाँबाटै कुकुरले ल्याएको हुन सक्ने बताएका थिए । प्रहरीले शवको सनाखत गराइ फेरि सुरक्षितरूपमा दाह संस्कार गर्न पवित्रा दम्पतीको जिम्मा लगाएको छ । उज्यालो

          April 4, 2022 10:36 pm | अपराध


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...