Wednesday 17th August 2022

मन्त्रिपरिषद् बैठकमा अर्थमन्त्रीको बारेमा कुरै उठेन

1 month अगाडी

काठमाण्डाै – बजेट निर्माणको प्रक्रियामा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर परिवर्तन गरेको विषयमा अर्थमन्त्री जनार्दन शर्मा विवादमा तानिनुभएको छ । सत्ता गठबन्धन दलकै नेताहरूले उहाँको राजीनामा माग गरेका छन् ।

उहाँलाई प्रधानमन्त्रीले राजीनामा दिन आग्रह गर्ने र राजीनामा नदिएमा बर्खास्त गर्नुपर्ने आवाज उठिरहेको छ । तर आजको मन्त्रिपरिषद्को बैठकमा अर्थमन्त्रीको बारेमा एक शब्द पनि कुरा नउठेको युवा तथा खेलकुमन्त्री महेश्वरजंग गहतराजले उज्यालोलाई जानकारी दिनुभयो ।

‘उहाँको बारेमा बैठकमा एक शब्द पनि कुरा उठेन, बरु अर्थ मन्त्रालयसँग सम्बन्धित केही प्रस्ताव पारित भएका छन्, अर्थमन्त्रीले आयात घटाउने र निर्यात बढाउने विषयमा केही योजना राख्नुभयो’, मन्त्री गहतराजले भन्नुभयो । उज्यालो

          July 5, 2022 7:10 pm | राजनीति


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...