Wednesday 13th May 2026

७ करोड ६० लाख वर्ष पुरानो डाइनोसरको अस्थिपञ्जर लिलामीमा !

4 years अगाडी

झन्डै सात करोड ६० लाख वर्ष पुरानो डाइनोसरको अस्थिपञ्जर लिलाम हुने भएको छ । यसै महिना न्युयाेर्क महानगरमा त्यसको लिलामी हुने लिलाम गृह सोथेबीले घोषणा गरेको छ ।

झन्डै सात करोड ६० लाख वर्ष अगाडि पृथ्वीमा विचरण गरेको ठानिएको टि रेक्ट प्रजातिको डाइनोसरको १० फिटो अग्लो २२ फिट लामो अस्थिपञ्जर आउँदाे साउन १२ गते लिलाम गरिने सोथेबीका प्रमुख क्यासान्ड्रा ह्याटनले बताएका छन् ।

सोथेबीका प्रमुख ह्याटनका अनुसार त्याे कङ्काल ५० देखि ८० लाख अमेरिकी डलरमा लिलाम हुने अनुमान गरिएको छ । आफूले जीवनमा त्यस्तो अद्भूत वस्तुको लिलामी पहिलाे पटक गर्न लागेको बताउँदै उनले डाइनोसरको एउटामात्र अस्थिपञ्जर निजी स्वामित्वका निम्ति लिलाम गरिने जनाए । याे अस्थिपञ्जर सन् २०१८ मा मोन्टाना नजिक जुडिथ नदीमा भेटिएको थियो । उज्यालो

          July 6, 2022 6:12 pm | रोचक


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...