कांग्रेसले नेताहरूलाई भन्याे– पार्टीभित्रकाे असन्तुष्टिबारे बाहिर नबाेल्नुस्
काठमाण्डाै – नेपाली कांग्रेसले पार्टीभित्रकाे असन्तुष्टि र फरक मत बाहिर नराख्न नेताहरूलाई आग्रह गरेकाे छ । पार्टीकाे जारी केन्द्रीय समिति बैठकमा पार्टीभित्रकाे असन्तुष्टि बाहिर नराखी बैठकमै राख्न आग्रह गरिएकाे प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयाे ।
उहाँले पार्टी एकताबद्ध रहेको सन्देश दिनका लागि सबै विषय बैठकभन्दा बाहिर राख्नु नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘पार्टीभित्रका असन्तुष्टि अथवा फरक मत केन्द्रीय समितिभित्रै राख्दा हुन्छ । त्यसबारेमा बाहिर नै गएर भन्नुपर्ने स्थिति नआउँदा राम्रो हुन्छ । हामीबीच एकता र हाम्रो लक्ष्यप्रति सबै एकजुट छौँ भन्ने सन्देश जनताको बीचमा जानुपर्छ । केन्द्रीय समितिमा छलफलमा कुनै पनि विषय प्रवेश गराउन अप्ठेराे पनि छैन । केन्द्रीय समितिमा बोल्न पाइएन त्यस कारण अन्त गएर बोल्नुपर्ने, भन्नुपर्ने स्थिति छैन ।’
प्रवक्ता महतले शेरबहादुर देउवा नेतृत्वको सरकारको एक वर्ष सन्तोषजनक रहेको दाबी गर्नुभयाे । सरकारले भ्रष्टाचार रोकेको, कोभिड–१९ को व्यवस्थापन गर्न सफल भएको र सन्तुलित विदेश नीति सञ्चालन गर्न सफल भएको उहाँको भनाइ छ ।
पार्टीकाे केन्द्रीय समिति बैठकमा नेताहरूले महँगी नियन्त्रण गर्न र रासायनिक मलको सहज आपूर्तिका लागि सरकारले तदारुकता देखाउनुपर्ने माग गरेका थिए । उज्यालो
July 12, 2022 8:12 pm | राजनीति,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन