

कांग्रेसले नेताहरूलाई भन्याे– पार्टीभित्रकाे असन्तुष्टिबारे बाहिर नबाेल्नुस्

काठमाण्डाै – नेपाली कांग्रेसले पार्टीभित्रकाे असन्तुष्टि र फरक मत बाहिर नराख्न नेताहरूलाई आग्रह गरेकाे छ । पार्टीकाे जारी केन्द्रीय समिति बैठकमा पार्टीभित्रकाे असन्तुष्टि बाहिर नराखी बैठकमै राख्न आग्रह गरिएकाे प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयाे ।
उहाँले पार्टी एकताबद्ध रहेको सन्देश दिनका लागि सबै विषय बैठकभन्दा बाहिर राख्नु नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘पार्टीभित्रका असन्तुष्टि अथवा फरक मत केन्द्रीय समितिभित्रै राख्दा हुन्छ । त्यसबारेमा बाहिर नै गएर भन्नुपर्ने स्थिति नआउँदा राम्रो हुन्छ । हामीबीच एकता र हाम्रो लक्ष्यप्रति सबै एकजुट छौँ भन्ने सन्देश जनताको बीचमा जानुपर्छ । केन्द्रीय समितिमा छलफलमा कुनै पनि विषय प्रवेश गराउन अप्ठेराे पनि छैन । केन्द्रीय समितिमा बोल्न पाइएन त्यस कारण अन्त गएर बोल्नुपर्ने, भन्नुपर्ने स्थिति छैन ।’
प्रवक्ता महतले शेरबहादुर देउवा नेतृत्वको सरकारको एक वर्ष सन्तोषजनक रहेको दाबी गर्नुभयाे । सरकारले भ्रष्टाचार रोकेको, कोभिड–१९ को व्यवस्थापन गर्न सफल भएको र सन्तुलित विदेश नीति सञ्चालन गर्न सफल भएको उहाँको भनाइ छ ।
पार्टीकाे केन्द्रीय समिति बैठकमा नेताहरूले महँगी नियन्त्रण गर्न र रासायनिक मलको सहज आपूर्तिका लागि सरकारले तदारुकता देखाउनुपर्ने माग गरेका थिए । उज्यालो
July 12, 2022 8:12 pm | राजनीति,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

काठमाण्डाै महानगरको बजेट सीमा २५ अर्ब ११ करोड रुपैयाँ

नेपाल पत्रकार महासङ्घ कुवेतद्वारा सचिवद्वय गौतम र बिँडारीलाई गर्यो बिदाई

झापाली समाज कुवेतको छैटौ महाधिवेशनको सम्पुर्ण तयारी पुरा

३१ औं विश्व आदिवासी दिवस तथा नेपाल आदिवासी जनजाति महासंघ कुवेतको पाँचौँ अधिवेशन २०२५ भव्य रूपमा मनाइने भएको छ

बाढीले नेपाल–चीन जोड्ने मितेरी पुलसँगै गाडी बगायो, त्रिशूली नदीमा बाढीको जोखिम

महिला एशियन कप छनोट : निर्णायक खेलमा नेपाल उस्वेकिस्तानसँग पराजित

अमेरिकाकाे टेक्सासमा बाढी : २४ जनाकाे ज्यान गयाे, ४५ मिनेटमै ग्वाडालुपे नदीको सतह २६ फिटले बढ्याे

ग्लोबल आईएमई क्यापिटलले ‘समुन्नत योजना २’ इकाइ सार्वजनिक निष्काशनमा ल्याउँदै

