Thursday 18th April 2024

पारिवारिक विवादका कारण श्रीमती र छोराछोरीको हत्या गरेर श्रीमानले पनि आत्महत्या गरे !

2 years अगाडी

काठमाण्डाै – काठमाण्डौको तारकेश्वर नगरपालिका २ काभ्रेस्थली पदमसाल टोलमा एकै परिवारका चार जनाको शव फेला परेको छ । गोरखा स्थायी घर भइ काठमाण्डौमा एक तलाको घर बनाएर बस्दै आएका दिनेश पाण्डे र उनकी श्रीमती सुनितासहित १३ र आठ वर्षका दुई जना छोराछोरीको शव भेटिएकाे काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिनुभयो ।

आज साेमवार बिहान ८ बजे १३ वर्षकी छोरी स्कुल जानुपर्नेमा नगएपछि सोधखोज गर्दा घरभित्र चुकुल लगाएको र आवाज पनि नआएकाले स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार दिनेश पाण्डेको शव झुन्डिएकाे अवस्थामा र अरूको शव शरीरमा घाउ, चोटपटक लागेको अवस्थामा भेटिएको हाे । घटनाको प्रकृति हेर्दा दिनेशले श्रीमती छोराछोरीको हत्या गरिसकेपछि आफूले आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ । घरमूली दिनेश पाण्डेकी श्रीमती सुनिता, छोरा र छोरी गरी तीन जनाको शव एउटा कोठामा भेटिएको छ भने दिनेशको शव फरक कोठामा झुन्डिएकाे अवस्थामा छ ।

घटनामा प्रयोग भएको एउटा चक्कु भेटिएको छ । दिनेशले अरूको हत्या गरेपछि आफूलाई पनि चक्कु प्रहार गरेको तर त्यसरी आत्महत्या नभएपछि झुन्डिएको देखिएको प्रहरीले जनाएको छ । यस्तै चार पेज लामो ‘सुसाइड नोट’ पनि भेटिएको प्रहरीले जनाएको छ ।

चार वर्षअघि कुवेतबाट फर्किएका दिनेशको श्रीमतीसँग राम्रो सम्बन्ध थिएन । दिनेशले घर बेच्नका लागि बैना रकम पनि लिइसकेको तर श्रमती सुनिताले घर नबेच्ने भन्दै बैना रकम फिर्ता गर्नुभएको थियो । कामको लागि सुनिता बेलायत जाने तयारीमा हुनुहुन्थ्यो । तर बेलायत उड्नुअघि नै चार जनाको परिवार मासिएको छ ।

घटनापछि काभ्रेस्थलीको पदमसाल टोल शोकमा डुबेको छ । १३ वर्षकी बालिका र आठ वर्षका बालकको मृत्युपछि उनीहरू पढ्ने स्कुल पनि शोकमा छ । यस्तै दिनेशको पुर्ख्याैली घर गोरखाको भीमसेन थापा गाउँपालिका ६ अश्राङमा पनि सन्नाटा छाएको छ । घटनाको अनुसन्धान भइरहेको अपराध अनुसन्धान महाशाखाले जनाएको छ । उज्यालो

          August 2, 2022 12:11 am | अपराध


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...