फाेहरकाे गाडी राेक्नु भनेकाे एम्बुलेन्स राेक्नु जस्तै हाे : मेयर साह
काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साहले फोहरको गाडी रोक्नु भनेको एम्बुलेन्स रोक्नु जस्तै भएको बताउनुभएको छ । काठमाण्डौ महानगरपालिकाको आज बिहीवार बसेको कार्यपालिका बैठकमा मेयर साहले फोहर व्यवस्थापन अति आवश्यक सेवा भएकाले फोहरको गाडी रोक्नु भनेकाे एम्बुलेन्स रोके सरह नै हुने बताउनुभएको हो ।
उहाँले फोहर बोकेका गाडी तोडफोड गर्ने तथा फोहोर फाल्न नदिनेलाई कारबाही गरिने पनि बताउनुभयो । कारबाही नभएमा अराजकता फैलिने मेयर साहकाे भनाइ छ ।
याे पनि पढ्नुहाेस्
सरकारसँग भएको सहमतिअनुसार माग पूरा नभएको भन्दै सिसडोल र बञ्चरेडाँडाका स्थानीयवासीले भदौ १ गतेदेखि फोहर फाल्न नदिने चेतावनी दिएका छन् । यसै सन्दर्भमा मेयर साहले फोहरबाट दुर्गन्धित नफैलियोस् भनेर सम्झौता भएअनुसार काठमाण्डौ महानगरपालिकाले आफ्नो काम गर्दै आएको पनि बताउनुभयो । पोस्ट क्लोजर (फोहर फासिलसकेपछि गर्ने व्यवस्थापन) र बाटो मर्मतका लागि बर्खाको समय भएकाले अलि समस्या देखिएको उहाँको भनाइ छ । अहिले तीनपिप्ले बालाजुको बाटो बनिरहेको छ ।
काठमाण्डाैकाे फाेहर व्यवस्थापनमा पटक–पटक अवराेध हुँदै आएकाे छ । गएकाे मङ्गलवार फाेहर बाेकेर बञ्चरे डाँडा गएका १५ वटा टिपरसहित १८ गाडीमा तोडफोड भएकाे थियाे ।
पालिकाको चुनावभन्दा तीन/चार महिना अगाडिदेखि नै फोहर थुप्रिएको र अहिले बाटो मर्मतको काम भइरहेकाले महानगरको फोहोर व्यवस्थथापनमा ढिलाइ भएकाे देखिएको उहाँको भनाइ छ । उज्यालो
August 12, 2022 3:29 am | अपराध,विचार/ब्लग,स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
