Friday 26th April 2024

गाेठाटार गाेलीकाण्ड : घटनाकाे छानबिन गर्न समिति गठन

2 years अगाडी

काठमाण्डाै – नचिनेका मानिसको समूहको गोली प्रहारबाट गोठाटारमा ज्यान गुमाएका लाल मोहम्मदको घटनाबारे छानबिन गर्न प्रहरी प्रधान कार्यालयले विशेष समिति बनाएको छ ।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनकराज भट्टराईको नेतृत्वका आज मङ्गलवार पाँच सदस्यीय समिति बनाइएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ । समितिमा प्रहरी उपरीक्षक (एसएपी) दिनेशराज मैनाली, प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्ण चन्द लगायत सदस्य हुनुहुन्छ । समितिमा साइबर ब्युरोका एक जना अधिकृतलाई पनि राखिएको छ ।

हिजो साेमवार बेलुका साढे ६ बजे गोठाटारमा रहेकाे एभेन्जर इन्टरप्राइजेज नामक गोर्मेन्ट उद्योग अगाडि मोहम्मदलाई गोली हानेर नचिनेका महानिसको समूहले हत्या गरेको थियो । उज्यालो

          September 21, 2022 3:45 am | अपराध


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...