Saturday 27th April 2024

चिसाे सुरु भएसँगै अस्पतालमा डेङ्गीका बिरामीकाे सङ्ख्या घट्याे

2 years अगाडी

काठमाण्डाै – चिसाे सुरु भएसँगै अस्पतालहरुमा डेङ्गीका बिरामीहरु कम हुँदै गएका छन् । काठमाण्डौको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दशैँ सुरु हुनुअघिको तुलनामा दशैँ अवधिमा डेङ्गीका बिरामीहरु कम हुँदै गएको हो।

डेङ्गीको सङ्क्रमण खासगरी एडिज प्रजातिको लामखुट्टेको टोकाइबाट हुनेगर्दछ । दशैँ अघिकाे तुलनामा अहिले बिरामीहरु पनि कम अस्पताल आइरहेका शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सूचना अधिकारी नवराज गौतमले बताउनुभयो ।

उहाँका अनुसार अहिले अस्पतालमा साधारण बेडमा ११ जना उपचाररत छन् भने एक जना आईसीयूमा उपचाररत छन् । त्यस्तै इमर्जेन्सीमा करिब ७० जना दैनिकजसो उपचारका लागि आइरहेका उहाँले बताउनु भयो ।

सूचना अधिकारी गौतमले अस्पतालमा अन्य सरुवा रोगका बिरामीहरु भने यस वर्ष विगतको तुलनामा कम रहेका बताउनु भयो । उहाँले दशैँको बेलामा अस्पतालले डेङ्गी बढ्ने अनुमान गरेर आवश्यक तयारी गरे पनि बिरामीहरु कम आएका बताउनु भयो । सबैले लामखुट्टेको टोकाइबाट बच्न झुलको प्रयोग गर्ने, लोसनको प्रयोग गर्ने, पूरा बाउला भएको लुगा लगाउने, घर वरपर पानी जम्न नदिने, घर वरपर सफा राख्ने गरेमा डेङ्गीबाट बच्न सक्ने बताउनु भयो । उहाँले डेङ्गीको प्रकोप अझै रहने भएकाले केही समयसम्म सरकारले तोकेका स्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गर्नुभयो ।

गौतमले विगतको वर्षमा भन्दा यस वर्ष सर्पदंशका बिरामीहरु भने बढिरहेको बताउनु भयो । गएकाे वर्षहरुमा असोज महिनादेखि सर्पदंशका बिरामीहरु धेरै नआएको तर यस वर्ष भने अहिले पनि ५ जना सर्पदंशका बिरामीहरु अस्पतालमा उपचाररत रहेका उहाँले बताउनुभयो । उज्यालो

          October 8, 2022 5:41 pm | स्वास्थ्य


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...