चीनमा ८३ मिटरभन्दा अग्लो रुख
चीनमा रहेका मध्ये ८३ दशमलव ४ मिटर अग्लो रुख नै सबैभन्दा अग्लो रुख भएको दाबी गरिएको छ । अनुसन्धानकर्ताहरूको वैज्ञानिक एक अनुसन्धानले देशभरकै सबैभन्दा अग्लो रुखसम्बन्धी विवरण हिजाे आइतवार सार्वजनिक गरेको हो ।
शाङ्घाई चेन्शन बोटानिकल गार्डेनले देशभरि रहेका रुखहरूमध्ये त्यही रुख नै सबैभन्दा अग्लो देखिएको जनाएको छ । कीर्तिमानी त्याे सबैभन्दा अग्लो रुखको नाम ‘अबिज एर्नेस्ती वर सालौएनेन्सिस’ राखिएको छ ।
चीनको दक्षिण–पश्चिमी क्षेत्रमा पर्ने पहाडी भू–भाग तिब्बत स्वशासित क्षेत्रमा त्याे रुख रहेको जनाइएको छ । यो सबैभन्दा अग्लो रुखको पहिचान पहिलो पटक गएकाे मे महिनामा गरिएको थियो । चिनियाँ विज्ञान प्रतिष्ठान अन्तर्गतको इन्स्टिच्युड अफ बोट्नीले सुरुमा त्यसको पहिचान गरेको हो । त्यही रुख नै देशभरिको सबैभन्दा अग्लो रुख हो भन्ने कुराको दोस्रो पटक गएकाे अगस्टमा पुष्टि गरिएको थियो ।
सबैभन्दा अग्लो रुख पहिचान गर्न ड्रोनको प्रयोग गरिएको थियो । त्यस रुखको मोटाइ भने दुई सय सात सेन्टिमिटर रहेको छ । यो रुख तीन सय ८० वर्ष पुरानो भएको पनि दाबी गरिएको छ उज्यालो
October 11, 2022 2:06 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला