ट्विटरले झण्डै ४ हजार कर्मचारीलाई कामबाट निकाल्यो, मस्कको चौतर्फी आलोचना
सामाजिक सञ्जाल ट्विटरका नयाँ मालिक एलन मस्कले कम्पनीका झण्डै आधा कर्मचारीलाई जागिरबाट निकाल्नुभएको छ । अघिल्लो हप्ताा ४४ अर्ब डलरमा ट्विटर कम्पनी खरिद गरेका मस्कले सीईओ र सञ्चालक समिति भंग गरेर सबै अधिकार आफ्नो हातमा लिनुभएको थियो ।
हिजो मात्रै उहाँले कम्पनीमा कार्यरत झण्डै ४ हजार जना कर्मचारीलाई जागिरबाट निकालेको बीबीसीले जनाएको छ । मस्कको निर्णयको चौतर्फी आलोचना भइरहेको छ । तर ट्विटरले दैनिक ४ करोड डलर घाटा बेहोरिरहेकाले कर्मचारी कटौती गर्नु आफ्नो बाध्यता रहेको उहाँकाे दाबी छ । जागिरबाट निकालिएका सबै कर्मचारीलाई तीन महिनाको अतिरिक्त तलब दिइएको पनि उहाँले बताउनुभएको छ ।
कर्मचारी निकाल्ने निर्णयको श्रम अधिकारवादीहरुले चर्को विरोध गर्दै मस्कलाई क्रुर धनाढ्यको आरोप लगाएका छन् । जागिरबाट हटाइएका कर्मचारीले ट्विटरमा गुनासो र आक्रोस पोख्दा उनीहरुलाई अपरिचित व्यक्तिबाट धम्की आइरहेको र त्यो काम मस्ककै योजनामा भएको हुन सक्ने खबरमा उल्लेख छ । उज्यालो
November 5, 2022 5:07 pm | रोचक,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला