Friday 3rd May 2024

वैदेशिक रोजगारीमा ज्यान गुमाउने नेपाली श्रमिककाे संख्या बढ्दाे, मधेश प्रदेशका धेरै

1 year अगाडी

काठमाण्डौ – वैदेशिक रोजगारीका क्रममा पछिल्लो तीन वर्षमा ३ हजार १९९ नेपाली श्रमिकले गन्तव्य देशमै ज्यान गुमाएका छन् ।

वैदेशिक रोजगारीको लागि विश्वका विभिन्न देशमा पुगेका नेपाली श्रमिकहरुले ज्यान गुमाउने क्रम बढीरहेको एक तथ्यांकले देखाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हिजो सार्वजनिक गरेको ‘नेपाल श्रम आप्रवासन प्रतिवेदन-२०२२’ का अनुसार आर्थिक वर्ष २०१९/०२० मा ६५८ श्रमिकले ज्यान गुमाएकोमा आर्थिक वर्ष २०२०/०२१ मा एक हजार ११८ जनाले ज्यान गुमाएका छन् । यस्तै यो संख्या बढेर आर्थिक वर्ष २०२१/०२२ मा एक हजार ३९५ पुगेको छ ।

यसरी वैदेशिक रोजगारीका क्रममा ज्यान गुमााउने नेपाली श्रमिकमध्ये सबैभन्दा धेरै मधेश प्रदेशको रहेको पनि तथ्यांकले देखाएको छ । गएको तीन वर्षमा मधेशका ७ सय ५१ श्रमिकले गन्तव्य देशमै आफ्नो ज्यान गुमाएका छन् । यस्तै दोस्रो धेरैमा प्रदेश एक रहेको छ । तीन वर्षमा प्रदेश एकका ७ सय ९ जना श्रमिकले ज्यान गुमाए । यस्तै त्यही अवधिमा लुम्बिनी प्रदेशका ६ सय ६८ र गण्डकी प्रदेशका ४ सय ७८ श्रमिकले विदेशमा ज्यान गुमाएका छन् ।

यस्तै वाग्मती प्रदेशका ४ सय ९, कर्णाली प्रदेशका एक सय १० र सुदूरपश्चिम प्रदेशका ६५ श्रमिकले गन्तव्य देशमै ज्यान गुमाएको प्रतिवेदनले देखाएको छ ।

वैदेशिक रोजगारीमा धेरै जाने प्रदेशमा पनि मधेश पहिलो नम्बरमा पर्छ । गएको तीन वर्षमा जम्मा वैदेशिक रोजगारीमा गएकामध्ये मधेशबाट मात्रै २८.६८ प्रतिशत रहेका छन् । यस्तै प्रदेश एकबाट २०.२४ र लुम्बिनी प्रदेशबाट १६.८२ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

वाग्मती प्रदेशबाट वैदेशिक रोजगारीमा जानेमा १५.४८ प्रतिशत, गण्डकी प्रदेशबाट १२.१९ प्रतिशत रहेका छन् । यस्तै कर्णाली प्रदेशबाट ३.८५ र सुपबाट २.७३ प्रतिशत रहेका छन् । उज्यालो

          December 19, 2022 2:55 pm | बेरोजगार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...