Monday 6th May 2024

श्रीमतीकाे हत्या आराेपमा श्रीमान् पक्राउ

1 year अगाडी

दाङ – श्रीमतीको हत्या आरोपमा रोल्पाको लुङ्ग्री गाउँपालिका ६ का ४९ वर्षीय कीर्तिमान बुढाथोकी पक्राउ परेका छन् । ४४ वर्षीया श्रीमती गोबिनाको हत्या गरेको आरोपमा कीर्तिमान पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले दाङले जनाएको छ ।

आज साेमवार बिहान दाङको घोराही उपमहानगरपालिका १९ को मलार खोलामा गोबिनाको शव भेटिएकाे थियो । बिहान ७ बजेतिर कीर्तिमान आफैँ जिल्ला प्रहरी कार्यालय घोराहीमा पुगेर श्रीमती पहिलेदेखि नै मुटु रोगको बिरामी रहेको र आफूहरू पैदल हिँड्ने क्रममा ढलेर ज्यान गएको बयान दिएका थिए । उनको सूचनाको आधारमा प्रहरी घटनास्थल पुगेको थियो । मृतकको टाउकोमा चोट देखेपछि प्रहरीले हत्या भएको हुन सक्ने आशङ्का गर्दै अनुसन्धान अगाडि बढाएको थियो ।

सोधपुछका क्रममा कीर्तिमानले श्रीमतीलाई ढुङ्गाले हानेर हत्या गरेको स्वीकार गरेका जिल्ला प्रहरी दाङका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक राजन गौतमले जानकारी दिनुभयो । बुढाथोकीका श्रीमान्–श्रीमती घोराही १९ दुईखोली क्षेत्रमा एउटा खाली गोठमा बस्दै आएका थिए । श्रीमान्–श्रीमतीले सडकमा सँगै काम गर्दै आएका थिए ।

आइतवार बेलुका साढे ७ बजेतिर काम गरी पैदल हिँड्दै बास बस्ने ठाउँतर्फ जाँदै गर्दा दुवैले बाटोमा रक्सी खाएका प्रहरीले बताएको छ । रक्सी खाएपछि भनाभन भएको र त्यही क्रममा खोलामा श्रीमानले श्रीमतीको टाउकोमा ढुङ्गा प्रहार गरेपछि ज्यान गएकाे खुलेको प्रहरीले जानकारी दिएको छ । उज्यालो

          February 7, 2023 4:54 am | अपराध


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...