Saturday 27th April 2024

भारतद्वारा नेपाललाई दुई सय वटा मिर्गौला डायलासिस मेसिन हस्तान्तरण

1 year अगाडी

काठमाण्डाै – भारत सरकारले दुई सय वटा मिर्गाैला डायलासिस मेसिन नेपाल सरकारलाई सहयोग स्वरुप उपलब्ध गराएको छ । सोमवार आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा एक समारोहका बीच स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीलाई नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले मेसिन हस्तान्तरण गर्नु भएको हो । करिब एक वर्षअघि नेपाल सरकारले भारत सरकारसमक्ष मेसिन उपलब्ध गराउन अनुरोध गरेको थियो।

समारोहमा बोल्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री गिरीले मेसिन उपलब्ध गराएकोमा भारत सरकारप्रति आभार व्यक्त गर्नुभयो । उहाँले २०७२ सालमा गएको विनाशकारी भूकम्प र कोभिड सङ्कटका बेला पनि भारत सरकारले गरेको मानवीय सहयोग नेपाल राष्ट्र र नेपाली नागरिकले सदास्मरण गरिरहने बताउनु भयाे ।

मन्त्री गिरीले नेपाल–भारतबीचको सम्बन्ध आर्थिक तथा सामाजिक रुपले घनिष्ट रहँदै आएको ऐतिहासिक तथ्यलाई भूल्न नसकिने पनि बताउनु भयो । उहाँले भन्नुभयो, ‘दुई देशबीचको कुटनीतिक सम्बन्ध स्थापित भएको ७६ वर्ष पूरा भएको छ । यसबीचमा दुई देशबीच सरकार सरकारको बीचमा मात्रै नभइ नागरिकको स्तरमा पनि सुमधुर सम्बन्ध रहँदै आएको  छ । दुई देशबीच आर्थिक, सामाजिक सबै रुपले घनिष्ट सम्बन्ध छ । यो हाम्रो ऐतिहासिक पक्ष हो।’

नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले नेपाली नागरिकको स्वास्थ्य अवस्थामा सुधार ल्याउने गरी नेपाल सरकारलाई मेसिन हस्तान्तरण गर्न पाउँदा खुशी लागेको बताउनु भयो । उहाँले नेपालसँगको मित्रतापूर्ण सम्बन्ध र विकास साझेदारीको कामलाई तीव्रताका साथ अघि बढाउन भारत सरकार सदैव अग्रसर रहेको र रहिरहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । नेपालको स्वास्थ्य क्षेत्रको पूर्वाधार विकासमा पनि भारतले सक्दो सहयोग गर्ने उहाँको भनाइ थियो ।

राजदूत श्रीवास्तवले भन्नुभयो,  ‘करिब एक वर्षअघि नेपाल सरकारको तर्फबाट २ सय वटा मिर्गाैला डायलासिस मेसिनका लागि भारत सरकारलाई अनुरोध गरिएको थियो । त्यही अनुसार मेसिन हस्तान्तरण गर्न पाउँदा खुशी लागेको छ। हामी नेपालको स्वास्थ्य क्षेत्रको पूर्वाधार विकासमा पनि सहयोग गर्नेछौँ । भारत नेपालको छिमेकी मात्रै नभइ विकास साझेदार राष्ट्रपति हो । नेपालको विकासको सबै क्षेत्रमा भारत सरकार सदैव मिलेर काम गर्दै आएको छ।’

भारतले काेराेना भाइरस सङ्क्रमणका बेला पनि १ सय ३२ वटा हेल्थ पोष्ट निर्माणमा आर्थिक सहयोग तथा  कोभिड भ्याक्सिनसहितका स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएको थियो।उज्यालो

          February 20, 2023 1:41 pm | स्वास्थ्य


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...