पोखरामा एटीएम मेशिन फोर्न प्रयास गर्ने २ जना पक्राउ
कास्की – पोखरामा विभिन्न बैंकका एटीएम मेशिन फोर्न प्रयास गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मङ्गलवार राति पोखरा महानगरपालिका–१० रामबजारमा रहको एनआईसी एसिया बैंकको एटीएम, पोखरा–१५ वन क्याम्पस गेट नजिकै रहेको नेपाल बैंकको एटीएम र रामबजार पेन्सन क्याम्प नजिक रहेको साङ्ग्रिला विकास बैंकको एटीएम मेशिन फोर्नका लागि तोडफोड गर्ने, ढुङ्गा हान्ने तथा सीटीटीभी क्यामेरा कागजले छाेप्ने गरेको आरोपमा दुई जना पक्राउ परेका हुन् ।
प्रहरीले घटनामा संलग्न उदयपुरकाे गाईघाट नगरपालिका–७ घर भई पाेखरा–१७ छोरेपाटन बस्ने २१ वर्षीय सुशील चाम्लिङ राई र लम्जुङकाे मर्स्याङ्दी गाउँपालिका–४ घर छोरेपाटन बस्ने २१ वर्षीय अर्जुन भन्ने लुबहादुर गुरुङलाई पक्राउ गरेको हो ।
चोरी तथा डाँकासम्बन्धी कसुरअन्तर्गत चोरी उद्योग मुद्दामा कास्की जिल्ला अदालतबाट १० दिनकाे म्याद थप गरी थप अनुसन्धान भइरहेको कास्कीका प्रहरी प्रवक्ता ज्ञानबहादुर खड्काले जानकारी दिनुभयाे । उज्यालो
February 23, 2023 12:16 am | अपराध
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला