Monday 6th May 2024

पोखरामा एटीएम मेशिन फोर्न प्रयास गर्ने २ जना पक्राउ

1 year अगाडी

कास्की – पोखरामा विभिन्न बैंकका एटीएम मेशिन फोर्न प्रयास गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मङ्गलवार राति पोखरा महानगरपालिका–१० रामबजारमा रहको एनआईसी एसिया बैंकको एटीएम, पोखरा–१५ वन क्याम्पस गेट नजिकै रहेको नेपाल बैंकको एटीएम र रामबजार पेन्सन क्याम्प नजिक रहेको साङ्ग्रिला विकास बैंकको एटीएम मेशिन फोर्नका लागि तोडफोड गर्ने, ढुङ्गा हान्ने तथा सीटीटीभी क्यामेरा कागजले छाेप्ने गरेको आरोपमा दुई जना पक्राउ परेका हुन् ।

प्रहरीले घटनामा संलग्न उदयपुरकाे गाईघाट नगरपालिका–७ घर भई पाेखरा–१७ छोरेपाटन बस्ने २१ वर्षीय सुशील चाम्लिङ राई र लम्जुङकाे मर्स्याङ्दी गाउँपालिका–४ घर छोरेपाटन बस्ने २१ वर्षीय अर्जुन भन्ने लुबहादुर गुरुङलाई पक्राउ गरेको हो ।

चोरी तथा डाँकासम्बन्धी कसुरअन्तर्गत चोरी उद्योग मुद्दामा कास्की जिल्ला अदालतबाट १० दिनकाे म्याद थप गरी थप अनुसन्धान भइरहेको कास्कीका प्रहरी प्रवक्ता ज्ञानबहादुर खड्काले जानकारी दिनुभयाे । उज्यालो

          February 23, 2023 12:16 am | अपराध


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...