तमू समाज, कुवेतद्धारा ‘सातौ बृहत रक्तदान कार्यक्रम’ अप्रिल २८ तारिक गर्ने
‘रक्तदान जीवन दान’ भन्ने नारा सहित तमू समाज, कुवेत द्धारा सातौ बृहत रक्तदान कार्यक्रम आगामी अप्रिल २८ तारिख २०२३ मा जाब्रियाको सेन्ट्रल ब्लड बैंकमा आयोजना गरिने भएको छ । कुवेतको सेन्ट्रल ब्लड बैंकको बिशेष सहयोगमा उक्त कार्यक्रम हुन लागेको हो।
निश्चित समय अवधि पछि मनिसको शरिरमा रहेको रक्त कोषहरु आफै मरेर जाने र रगत दान गर्दा कसैको जिबन बचाउन सकिने भएकोले रक्तदानलाई महादान भनिन्छ । जीवन यापनको दौडानमा हुनसक्ने सम्भावित दुर्घटना या जुनसुकै कारणवस शरीरमा रगतको कमी भई जिबन र मृत्युको दोसाँधमा अल्झिरहेका मनिसहरुको जीवन रक्षा गर्न मद्त पुग्ने भएकोले रक्तदानको धेरै महत्व छ । यही वास्तविक सत्यलाई जनमानसमा अभिबृद्धी गर्दै तमू समाज, कुवेतले विगत २०१३ साल देखी यस् कुवेत नगरीमा वार्षिक सामुहिक खुल्ला रक्तदान कार्यक्रमको आयोजना गर्दै आई रहेको छ । यो सातौ बृहत रक्तदान कार्यक्रम हो । यस बिच रगत आवश्यक भै उपचारमा कठिनाई भोगी रहेका अनेकौ बिरामीहरुलाई तमू समाजको पहल कदमीमा रगत उप्लब्ध गराईएको छ ।
तसर्थ जाब्रिया स्थित कुवेतको सेन्ट्रल ब्लड बैंक सँग समन्वय गरी आगामी अप्रिल २८ गते शुक्रबार ‘सातौ बृहत रक्तदान कार्यक्रम २०२३’ तय गरिएको आयोजक तमू (गुरुङ) समाज, कुवेतले जनाएको छ साथै यस मानवीय पुण्य कार्यमा सहभागी भै स्वईक्षीक रुपमा रक्तदान गर्न सम्पूर्ण रक्तदाताहरुलाई अपिल गरेको छ ।
February 25, 2023 2:41 am | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला