Friday 19th April 2024

सरकारसँग स्वीकृति नै नलिई साउदी पठाउने भन्दै अन्तर्वार्ता

1 year अगाडी

काठमाण्डौ – सरकारसँग अनुमति नै नलिई हेभी ड्राइभरको काममा साउदी पठाउने भन्दै दुई सय जनाभन्दा बढीसँग अन्तर्वार्ता लिइरहेको पाइएको छ ।

वैदेशिक रोजगार विभागका अनुसार एसियापावर रिक्रुुटमेन्ट सोलुसन प्रालिले विभागसँग पूर्व स्वीकृति नै नलिई हेभी ड्राइभर लगायतका विभिन्न पदमा साउदीको अर्चीरोडोन कम्पनीमा पठाउने भन्दै अन्तर्वार्ता लिइरहेको पाइएको हो । विभागबाट खटिएको टोलीले अनुगमनको क्रममा म्यानपावरले दुई सयको सङ्ख्यामा अन्तर्वार्ता भइरहेको पाएको हो ।

अनुगमनको क्रममा यो काममा पठाउन कुनै स्वीकृति नै नलिएको पाइएपछि विभागले अन्तर्वार्ता रोकी १९ वटा राहदानी बरामद गरेको छ । म्यानपावरले कुन आधारमा के कसरी अन्तर्वार्ता गरेको हो भन्ने सन्दर्भमा थप अनुसन्धान भइरहेको विभागले जनाएको छ । उज्यालो

          March 3, 2023 2:12 pm | रोचक,समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...