सरकारसँग स्वीकृति नै नलिई साउदी पठाउने भन्दै अन्तर्वार्ता
3 years अगाडी
manoj Thapa
काठमाण्डौ – सरकारसँग अनुमति नै नलिई हेभी ड्राइभरको काममा साउदी पठाउने भन्दै दुई सय जनाभन्दा बढीसँग अन्तर्वार्ता लिइरहेको पाइएको छ ।
वैदेशिक रोजगार विभागका अनुसार एसियापावर रिक्रुुटमेन्ट सोलुसन प्रालिले विभागसँग पूर्व स्वीकृति नै नलिई हेभी ड्राइभर लगायतका विभिन्न पदमा साउदीको अर्चीरोडोन कम्पनीमा पठाउने भन्दै अन्तर्वार्ता लिइरहेको पाइएको हो । विभागबाट खटिएको टोलीले अनुगमनको क्रममा म्यानपावरले दुई सयको सङ्ख्यामा अन्तर्वार्ता भइरहेको पाएको हो ।
अनुगमनको क्रममा यो काममा पठाउन कुनै स्वीकृति नै नलिएको पाइएपछि विभागले अन्तर्वार्ता रोकी १९ वटा राहदानी बरामद गरेको छ । म्यानपावरले कुन आधारमा के कसरी अन्तर्वार्ता गरेको हो भन्ने सन्दर्भमा थप अनुसन्धान भइरहेको विभागले जनाएको छ । उज्यालो
March 3, 2023 2:12 pm | रोचक,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
Loading...