Friday 3rd May 2024

कुवेत नगरीमा छायाङ्कन गरिएको निकै मार्मिक लोकदोहोरी गीत ‘पुरानो घाउ’ (भिडियो सहित)

1 year अगाडी

कुवेत नगरीमा छायाङ्कन गरिएको निकै मार्मिक लोकदोहोरी गीत ‘पुरानो घाउ’ को भिडियो पुष्कल शर्माको युट्युबबाट सार्वजनिक गरिएको छ । गायक सुन्दर परियारले कुवेतमा कार्यरत रहेर पनि असङ्खे नेपाली गीत सङ्गीत प्रेमीहरुका लागि लोकदोहोरी गीत ‘पुरानो घाउ’ को भिडियो सहित सार्वजनिक गरेका हुन ।

उक्त गीतमा चर्चित गायक तथा गायिका पुष्कल शर्मा र शान्ती श्री परियारको सुमधुर आवाजमा रहेको गीतको शब्द र संगीत गायक सुन्दर परियारको रहेको छ ।
दुई दर्जनभन्दा बढी गीतमा सुमधुर आवाज र एक दर्जनभन्दा बढी गीतमा आफै शब्द र संगीत गरेका गायक सुन्दर परियारले यस पटक भने निकै मार्मिक लोकदोहोरी गीत ‘पुरानो घाउ’ मा शब्द लेखेका छन । ‘भुल्दै भुल्दै जाउ यो दुखीलाई अब त भुल्दै भुल्दै जाउ, देखेसी बल्झिन्छ उही पुरानो घाउ’ प्रेमीले प्रेमिकालाई भुल्न निकै कठिन परेको र प्रेमिका लाई ब्रेनट्युमर भएका कारण झनै बज्रपात परेको अवस्थालाई भिडियोमा देखाईएको छ ।

कुवेतलाई कर्मथलो बनाउदै आएका श्याम बिसीको निर्देशन रहेको भिडियोको सम्पादन भने इन्द्र थापा मगरले गरेका छन । उक्त गीतको भिडियोमा कुवेतमै कार्यरत कृष्ण कार्की, मनिषा पाण्डे, श्याम बिसी, गायक बिबि मल्ल थकुरी, गोबिन्द बराल लगायतको अभिनय रहेको छ । उक्त गीतको भिडियो ७३ हजार भन्दा बढीले हेरिसकेका छ्न ।

          March 4, 2023 12:40 pm | संगीत


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...