Tuesday 23rd April 2024

निवर्तमान राष्ट्रपति भण्डारीको बिदाइ

1 year अगाडी

काठमाण्डाै – नवनियुक्त राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएसँगै निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति भवन शीतल निवासबाट बिदाइ हुनुभएको छ ।

साेमवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निवर्तमान राष्ट्रपति भण्डारीलाई उपहारसहित बिदाइ गर्नुभएको हो । निवर्तमान राष्ट्रपति भण्डारीलाई नवनियुक्त राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति नन्दकिशोर पुन, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतले बिदाइ गर्नुभयो ।

राष्ट्रपतिमा भण्डारी पहिलो कार्यकालका लागि २०७२ कात्तिकमा र दोस्रो कार्यकालका लागि २०७४ फागुन २९ गते निर्वाचित हुनुभएको थियो । उज्यालो

          March 13, 2023 6:11 pm | राजनीति


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...