श्रमिक, रोजगारदाता र म्यानपावरलाई जोड्ने ‘उज्ज्वल सपना’ मोबाइल एप
काठमाण्डौ – इसरा इन्स्टिच्युटले श्रमिक, रोजगारदाता र म्यानपावरलाई एकै ठाउँमा जोड्ने ‘उज्जल सपना’ मोबाइल एप ल्याएको छ ।
मंगलबार ललितपुरमा एक कार्यक्रमकाबीच श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजीव पोखरेल र इसरा इन्स्टिच्युटकी कार्यकारी निर्देशक डा. लिजा रेन्डी टेलरले संयुक्त रूपमा एप सार्वजनिक गर्नुभएको हो ।
यो एपबाट विशेष गरी मलेसिया जान चाहने श्रमिकले मलेसियाका रोजगारदाता, त्यहाँ उपलब्ध रोजगारी, त्यस काममा पठाउने म्यानपावर लगायतका बारेमा जानकारी प्राप्त गर्ने छन् ।
यो एप एन्ड्रोइड प्रयोगकर्ताले गुगल प्ले स्टोरबाट सजिलै डाउनलोड गर्न सक्नेछन् । प्ले स्टोरमा ‘गोल्डेन ड्रिम’ नाममा यो एप उपलब्ध रहेको इन्स्टिच्युटले जनाएको छ ।
म्यानपावर कम्पनी कस्तो हो, त्यस म्यानपावरका बारेमा अरू श्रमिक तथा सरोकारवालाले कस्तो समीक्षा गरेका छन् भन्ने जानकारी पनि एपमार्फत पाइने छ ।
म्यानपावर कम्पनीले पनि आफूले कुन कम्पनीमा कुन काममा श्रमिक पठाउने हो त्यसबारेमा जानकारीका साथै लाग्ने रकम लगायतको बारेमा यस एपमा जानकारी राखेका राख्न सक्छन् । त्यो कामका लागि श्रमिकले मोबाइल एपबाटै आवेदन दिन सकिने इसरा इन्स्टिच्युटले जनाएको छ ।
वैदेशिक रोजगारीको अवसर खोजिरहेका श्रमिकले यो एपमा आफ्नो अनुभवसहित आफूले गर्न चाहेको कामको बारेमासमेत उल्लेख गरी आफ्नो बायोडाटासमेत बनाएर राख्न सक्नेछन् । श्रमिकले राखेको बायोडाटा र कामको माग मिलेमा म्यानपावर कम्पनीले श्रमिकलाई सम्पर्क गर्न सक्ने विकल्प पनि एपमा छ ।
यस्तै यो एपबाट कामको माग आएका कम्पनी कस्तो हो, त्यो कम्पनीमा के कस्तो काम गर्नुपर्छ लगायतको जानकारी पनि पाउन सकिन्छ ।
‘उज्ज्वल सपना’ प्रवासी कामदार र वैदेशिक रोजगार खोजी गर्नेहरूका लागि श्रम कानुन र अधिकार, म्यानपावर कम्पनी, रोजगारदाता, सेवा प्रदायक, दैनिक अद्यावधिक गरिएका सूचना तथा समाचारसहित विस्तृत जानकारी दिने उद्देश्यले तयार पारिएको स्मार्टफोन एप हो । यो एपमा बर्मेली, खमेर र नेपाली भाषामा नेपाल र गन्तव्य देशका बारेमा जानकारी प्राप्त गर्न सकिन्छ ।
अत्यावश्यक सेवा प्रदायक निकायको बारेमा जानकारी पनि यो एपबाट पाउन सकिन्छ । मलेसियामा काम गर्ने नेपाली श्रमिकले यो एपमार्फत आफू नजिक रहेको अस्पताल, प्रहरी, दूतावास लगायतका निकायको सम्पर्क नम्बरसँगै अन्य जानकारी पाउन सक्नेछन् भने नेपालमा श्रमिकलाई सहयोग गर्ने विभिन्न सरकारी र गैरसरकारी निकायहरूको बारेमा पनि यो एपमा जानकारी राखिएको छ ।
यो एपमा वैदेशिक रोजगारीमा जानु पूर्व गर्नु पर्ने कुराहरू, अपनाउन पर्ने सावधानी र महत्त्वपूर्ण समाचारका लिङ्कहरू पनि उपलब्ध छ ।
एप सार्वजनिक कार्यक्रममा श्रम मन्त्रालयका सहसचिव पोखरेलले नेपालीका लागि वैदेशिक रोजगारी बाध्यता भएको बताउँदै श्रमिकमैत्री वैदेशिक रोजगार ऐन बनाउन मन्त्रालयले गृहकार्य गरिरहेको र पाँच वर्षे रणनीतिसमेत तयार गरेर काम अगाडि बढाइएको जानकारी दिनुभयो ।
सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालका अध्यक्ष हरिबहादुर थापाले यो एपले सबैलाई एउटै स्थानमा ल्याउन सहयोग पुर्याउने बताउनुभएको थियो । उज्यालो
March 29, 2023 5:34 pm | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन