Monday 18th May 2026

नागरिककाे चासाेप्रति जानकार छु : ज्ञानेन्द्र शाह

3 years अगाडी

काठमाण्डाै – पूर्वराजा ज्ञानेन्द्र शाहले देशभित्र देखिएको खिचातानीप्रति नागरिकमा वितृष्णा बढेर गएको धारणा व्यक्त गर्नुभएको छ ।

सोमवार सुनसरीको इनरुवामा आयोजित नागरिक अभिनन्दन ग्रहणपछि सम्बोधन गर्दै पूर्वराजा शाहले नागरिककाे चासोप्रति आफू जानकार रहेको बताउनुभएको हो । सम्बोधनका क्रममा उहाँले नागरिकबाट प्राप्त चिन्ता र चासोप्रति आफू गम्भीर बनेको बताउनुभयो । उहाँले कसैलाई धन, कसैलाई मन, कसैलाई पद र कसैलाई कद दिएर लालचमा पारी सामाजिक संरचना च्यात्ने प्रयास भइरहेको बताउनुभयो । राष्ट्रियताको रक्षा र राष्ट्रिय एकतामा जोड दिनुपर्ने शाहकाे भनाइ छ ।

उहाँले भन्नुभयो, ‘हाम्रो देशलाई माया गरेर, आफ्नो देशको अवस्था बुझेर, तपाईँहरूबाट चिन्ता, चासो र चिन्तन भएको छ, त्यसमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । कसैलाई धन, कसैलाई मन, कसैलाई पद र कसैलाई कद दिएर लोभ्याएर हाम्रो सामाजिक संरचना च्यात्ने प्रयास भइरहको छ । परिवर्तन देखाउन अहिलेको कोरा र सतही फेरबदल, आलटाल र टालटुलको प्रणालीले कुनै खँदिलो परिणाम दिँदैन । निश्चय पनि हामीले राष्ट्रियता र राष्ट्रिय एकताको रक्षा गर्नुछ । व्यक्ति, परिवार, समूह, दल वा गुट, उपगुटमा अल्झिएर होइन, अब हामीले हामी र हाम्रो भन्ने सुहाउँदो राष्ट्रिय अवधारणालाई प्रवाह गर्नसक्नुपर्दछ ।’

पूर्वराजा शाहले देशमा स्थिरता र स्थायित्व सही राज्य पद्धति, शान्ति र अनुशासनविना हुन नसक्ने बताउनुभयो । उज्यालो

          April 4, 2023 12:05 am | समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...