Tuesday 7th May 2024

देशभित्रै लगानी गर्ने वातावरण बनाउन सरकारसँग सहकार्य गर्छु : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

1 year अगाडी

काठमाण्डाै – नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ ।

बिहीवार वरिष्ठ उपाध्यक्षका उम्मेदवार अञ्जन श्रेष्ठलाई अर्का उम्मेद्वार उमेशलाल श्रेष्ठले समर्थन गरेसँगै उहाँ सर्वसम्मत निर्वाचित हुनुभएको हो । पहिलो चरणमा वरिष्ठ उपाध्यक्षमा कुनै पनि उम्मेद्वारले ५० प्रतिशत मतभार नकटाएपछि दोस्रो चरणको चुनावकाे तयारी भए पनि सहमतिमा वरिष्ठ उपाध्यक्ष चयन भएको हो ।

सर्वसम्मत चयन भएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले निराशामा रहेका उद्योगी व्यवसायीहरूको मुहार हसाउने गरी काम गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले चुनावकाे समयमा देशभरका उद्योगी व्यवसायीहरूमाझ गरेका प्रतिबद्धताहरू पूरा गर्ने गरी काम गर्ने बताउनुभयो । उहाँले पछिल्लो समय व्यवसायीहरूलाई बैंकको ब्याजदर र तरलता अभावको कारण परेको समस्या समाधान गर्ने बताउनुभयो ।

श्रेष्ठले आन्तरिक र वैदेशिक लगानी ल्याउनका लागि निजी क्षेत्रले पहल गर्ने बताउनुभयो । उहाँले देशभित्र नै लगानीमैत्री वातावरण बनाउन सरकारसँग सहकार्य गर्न बताउनुभयो । उज्यालो

          April 14, 2023 6:06 am | अर्थ


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...