सुडानको सेना र अर्धसैनिक बलबीच राजधानी खार्तुममा भीषण लडाइँ चल्दै
सुडानको सेना र एउटा अर्धसैनिक बलबीच राजधानी खार्तुममा भीषण लडाइँ भइरहेको छ । अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्स (आर.एस.एफ)ले कम्तीमा तीनवटा विमानस्थल, सेना प्रमुखको निवास र राष्ट्रपति भवनलाई नियन्त्रणमा लिएको दावी गरेको बीबीसीले जनाएको छ ।
सुडानी सेनाले भने त्यसलाई अस्वीकार गर्दै आफ्नो सेनाले लडाइँ गरिरहेको बताएको छ । खार्तुम सहित सुडानका अन्य ठाउँमा रहेका धेरै सैनिक शिविरमा र्यापिड सपोर्ट फोर्सका लडाकुहरूले आक्रमण गरेका छन् । भीषण भिडन्तबाट आफूलाई जोगाउन मानिसहरू संघर्ष गरिरहेका छन् । पुल र सडकहरू बन्द हुँदा मानिसहरू बाटोमै थुनिएका छन् । धेरै मानिसले विद्यालयमा आश्रय लिइरहेका बीबीसीले जनाएको छ ।
सुडानमा नागरिक शासनबारेको प्रस्तावित सङ्क्रमणको अवस्थाका विषयमा विवाद रहेको छ । सन् २०२१ को अक्टोबरमा भएको एउटा विद्रोहपछि सुडानमा सैन्य जेनरलहरूले सार्वभौम परिषद् भनिने संयन्त्र बनाएर राज्य सञ्चालन गर्दै आएका छन् । आर.एस.एफ परिषद्का उपाध्यक्ष जेनरल मोहम्मद हमदान डगालोको नेतृत्वमा छ ।
परिषदको प्रमुखमा सेनाका समेत प्रमुख रहनुभएका जेनरल अब्देल फताह अल–बुर्हान हुनुहुन्छ । नागरिक नेतृत्वको सरकारको प्रस्तावमा आर.एस.एफ.लाई राष्ट्रिय सेनामा समायोजन गर्ने तालिकामा बनाएको छ । आर.एस.एफ. ले समायोजन १० वर्ष पछि गर्न चाहेपनि सेनाले दुई वर्षभित्र सक्नुपर्नेमा जोड दिएपछि तनाव बढेको बीबीसीले जनाएको छ । प्रस्तावित नागरिक सरकारमा एकीकृत सेनाको नेतृत्व कसले गर्ने भन्ने कुरामा पनि सेना र आर.एस.एफ बीच विवाद छ । उज्यालो
April 15, 2023 7:17 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।