हङकङलाई हराउँदै कुवेत एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा
3 years अगाडी
manoj Thapa
काठमाण्डाै – हङकङलाई हराउँदै कुवेत एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा पुगेकाे छ । आज बिहीवार मुलपानी क्रिकेट मैदानमा भएकाे खेलमा कुवेतले हङकङलाई ३० रनले हरायाे ।
कुवेतले दिएकाे २ सय ७३ रनकाे लक्ष्य पछ्याएकाे हङकङ ५० ओभरमा २ सय ४२ रन बनाउँदा अलआउट भयाे । हङकङका कप्तान निजाकत खानले ६०, एजाज खानले ४९ र यासिम मुर्तजाले ४३ रन बनाए । कुवेतका शाहरुख कुद्दुसले ३ र यासिन पटेलले २ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेकाे कुवेतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ७२ रन बनायाे । कुवेतका शिराज खानले ६७, उसमान पटेलले ५० र अदनान इद्रीसले ४५ रन बनाए । हङकङका एहसान खानले ३ विकेट लिए ।
समूह ‘बी’ मा रहेकाे कुवेत ४ खेलमा ६ अङ्कसहित सेमिफाइनल पुगेकाे हाे । याे समूहबाट यूएई पनि सेमिफाइनल पुगिसकेकाे छ । उज्यालो
April 27, 2023 5:43 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
Loading...