एमाले सांसद कोइरीको विषयमा संसदमा चर्काचर्की, बैठक ३० मिनेटका लागि स्थगित
काठमाण्डाै – प्रतिनिधि सभाको शुक्रवारकाे बैठकमा नेकपा एमाले सांसद लक्ष्मीमहतो कोइरीको विषयलाई लिएर चर्काचर्की भएको छ ।
बैठकका क्रममा सभामुख देवराज घिमिरेले सांसद कोइरी उपचारमा रहेका कारण संसद् बैठकमा अनुपस्थित रहेको जानकारी गराएपछि सांसदहरूले आपत्ति जनाएका हुन् । सभामुखले कोइरी मिति २०७९ माघ २५ गतेदेखि २०८० वैशाख १५ गतेसम्म सम्मका २१ वटा बैठकमा उपचारमा रहेका कारण अनुपस्थित रहेका सूचना जानकारी गराउनुभएको थियो । सभामुखको कुरालाई विरोध जनाउँदै सांसदहरूले संसद् अवरोध गरेका थिए ।
विरोध जनाउँदै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले फौजदारी अभियोग लागेको र प्रहरीको फरार सूचीमा रहेका कोइरीलाई सभामुखले बिरामी भन्नु जग हँसाइको विषय भएको बताउनुभयो । उहाँले कोइरी बिरामी भएर अनुपस्थित भएका भन्ने शब्द नै संसद्को रेकर्डबाट हटाउन माग गर्नुभयो । संसद्ले झुटो कुरा गर्न नहुने उहाँको भनाइ छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् सांसद रवि लामिछानेले कोइरी बिरामी नभई फरार अभियुक्त भएका बताउनुभयो । भारतमा प्रहरीले समातेको प्रमाण नै आफूसँग रहेको भन्दै उहाँले बिरामी भन्न नहुने बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले फरार अभियुक्तलाई अभियुक्त भनेर सभामुखलाई जानकारी गराउन नसक्नु प्रधानमन्त्री, गृहमन्त्री र कार्यव्यवस्था परामर्श समितिको दोष भएको बताउनुभयो ।
त्यस्तै एमाले सांसद रघुजी पन्तले सांसद कोइरीलाई लुकाउने पक्षमा नरहेको बताउनुभयो । उहाँले सरकारले पक्राउ गर्न नसकेको तर संसदमा तमासा देखाइएको बताउनुभयो ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् सांसद चित्रबहादुर केसीले कोइरीलाई बिरामी भन्नु लज्जास्पद कुरा भएको बताउनुभयो । उहाँले काेइरीलाई चोख्याउन नमिल्ने भन्दै उहाँमाथि कारबाही हुनुपर्ने बताउनुभयो ।
नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले सांसद कोइरीलाई बिरामी भन्न नहुने र फरार अभियुक्तकै रूपमा लिनुपर्ने बताउनुभयो ।
सभामुख घिमिरेले सांसद कोइरी फरार भएको कुनै आधार आफूकहाँ नआएको बताउनुभयो । आफूले प्राप्त गरेको पत्रअनुसार बिरामी भएको सूचना सुनाइएको उहाँको भनाइ छ ।
सभामुखले आउँदा दिनमा सांसद कोइरीको विषयमा नेपालको संविधान र कानुन बमोजिम कारबाही भएर जाने भएकाले सांसदहरूलाई पटक–पटक संसद्को अवरोध खोल्न आग्रह गर्नुभएको थियो । सांसदहरू सभामुखको कुरा मान्न तयार नभएपछि संसद् बैठक ३० मिनेटका लागि स्थगित भएको छ । उज्यालो
April 28, 2023 6:02 pm | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन