ओलीकाे गुनासाे– ‘हामीमाथि निरन्तर आक्रमणकाे प्रयास भए पनि सरकार मूकदर्शक बन्याे’
काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि निरन्तर आक्रमणको प्रयास भए पनि सरकार मूकदर्शक बनेको गुनासो गर्नुभएको छ ।
पार्टी निकट अखिल नेपाल किसान महासङ्घले आइतवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पूर्वका विभिन्न जिल्लाहरूमा आफूमाथिको आक्रमण प्रयासमा पूर्वराजा ज्ञानेन्द्र शाह र उनका परिवारको संलग्नता रहेको जिकिर गर्दै त्यस्ता उदण्ड, अराजनीतिक खालको गतिविधिलाई नियन्त्रण गर्नुको साटो सत्तारूढ दलकै कार्यकर्ताहरूले ढुङ्गामुढा गरेको पनि बताउनुभयो । हरेक ठाउँमा उनीहरूले निषेध गर्न खोज्ने, बाटो छेक्न खोज्ने, रुख ढालेर छेक्न खोज्ने, काँही ढुङ्गा हान्ने, काँही भिडन्त गर्न आउने गरे पनि सरकारले भने त्यस्ता गतिविधिलाई नियन्त्रण नगरेको उहाँको भनाइ थियो ।
उहाँले भन्नुभयो, ‘हामी देशका विभिन्न ठाउँमा कार्यक्रममा जाने क्रममा हामीमाथि हमला गर्ने, पहिचानको राजनीति भनेर अराजनीतिक क्रियाकलाप गर्ने, ढुङ्गामुढा गर्ने खालका कामहरू भयाे । यसको संलग्नता विभिन्नतिर देखिएको छ । ज्ञानेन्द्र शाह र उनको परिवारको संलग्नता देखिएको छ । अर्को कुरा, अहिले सत्तामा हुने पार्टीका कार्यकर्ताहरू अर्काको नाममा ढुङ्गा हान्न त्यहाँ गएका छन् । हाम्राविरुद्ध अश्लील, असभ्य गालीगलौज गरिएकाे छ । त्यो म आफैँले देखेर, भोगेर आएको छु । त्यो खालको उदण्डता र सरकार मूकदर्शक भएकाे छ ।’
कार्यक्रममा अध्यक्ष ओलीले फटामा, मुर्ख र बुद्धि नभएकाहरूले मात्रै राजतन्त्र मान्ने टिप्पणी गर्नुभयो । स्वार्थी तत्त्व, अपराध कर्ममा लागेकाहरूले मात्रै राजतन्त्रलाई मान्ने उहाँको आरोप थियो ।
अध्यक्ष ओलीले महाकाली सन्धि आफूहरूले सच्याएको दाबीसमेत गर्नुभयो । बाँध बाँध्नका लागि भारतलाई जमिन दिने गरी तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भारतसँग गरेको सहमतिलाई खारेज गरेर आफूहरूले बाँध बाँध्न मात्रै जमिन दिने गरी त्याे सन्धिलाई सच्याइएको ओलीको तर्क थियो । उहाँले महाकाली सन्धि आफूहरूले सच्याएपछि त्यसबाट अनेक फाइदा भइरहेको जिकिर गर्नुभयाे । उज्यालो
April 30, 2023 5:53 pm | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।