Wednesday 13th May 2026

अफगानिस्तानमा उपचार हुनसक्ने रोगबाट दैनिक १ सय ६७ जना बालबालिकाले ज्यान गुमाउँदै

3 years अगाडी

अफगानिस्तानमा उपचार हुनसक्ने रोगबाट दैनिक १ सय ६७ जना बालबालिकाले ज्यान गुमाउनु परिरहेको एक तथ्याङ्कले देखाएको छ।

संयुक्त राष्ट्र सङ्घको बालबालिका हेर्ने निकाय युनिसेफको तथ्याङ्क अनुसार स्वास्थ्य उपचारको प्रभावकारी व्यवस्था नहुँदा निको हुने रोग निमोनिया, मेनिन्जाइटिस, मुटुरोगलगायतबाट बालबालिका ज्यान गुमाउन बाध्य छन् । उचित उपचार सेवाबाट ती बिरामी बालबालिका निको हुनसक्ने र हुनुपर्ने पनि युनिसेफले जनाएको छ ।

अफगानिस्तानमा सार्वजनिक स्वास्थ्य सेवा अन्तर्रा‍ष्ट्रिय सहयोगमा निर्भर रहेको र सन् २०२१ मा तालिबानले सत्ता हातमा लिएपछि सहयोग रकम कटौती भएको छ । तालिबानले महिलालाई गैरसरकारी संस्थामा काम गर्न रोक लगाएपछि मानवीय सहायताका लागि काम गर्ने संस्थाहरू सञ्चालनका लागि कठिन भएको छ । त्यसबाट बालबालिका र शिशुहरू थप जोखिममा परेका बीबीसीले जनाएको छ । उज्यालो

          May 4, 2023 1:18 pm | स्वास्थ्य


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...