दुर्गमभन्दा दुर्गम ठाउँमा पनि तत्काल स्वास्थ्यकर्मी पुर्याउँछु : स्वास्थ्यमन्त्री बस्नेत
काठमाण्डाै – नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले दुर्गमभन्दा दुर्गम ठाउँमा पनि तत्काल स्वास्थ्यकर्मी पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । पालिका, प्रदेश र सङ्घीय सरकारको समन्वयमा याे काम गर्ने उहाँकाे योजना छ ।
बिहीवार पदभार ग्रहण गरेपछि मन्त्रालयका आयोजित कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले आफू कम सुतेर भए पनि मन्त्रालयको काममा खट्ने बताउनुभयो । स्वास्थ्य सेवाको प्रक्रियालाई सरलीकृत गर्दै लैजाने उहाँकाे भनाइ छ ।
उहाँले भन्नुभयो, ‘स्वास्थ्य सेवाको प्रक्रियालाई सरलीकृत गर्दै दुर्गमभन्दा दुर्गम ठाउँमा पनि स्वास्थ्यकर्मी पुर्याउँछाैँ । यसमा तीनै तहका सरकारसँग समन्वय गर्छाैँ । म चाहिँ कम सुते हुने मान्छे, बढी खट्न सक्ने मान्छे ।’
मन्त्री बस्नेतले एक हप्ताभित्र स्वास्थ्य सामग्रीकाे तथ्याङ्क दुरुस्त राख्न पनि सम्बन्धित निकायलाई निर्देशन दिनुभयो । स्वास्थ्य सामग्री धेरै खरिद भएको तर त्यो प्रयोगमा नआएकाले त्यसको हिसाब दुरुस्त राखी आवश्यक ठाउँमा पठाउनुपर्ने उहाँको भनाइ थियो । मन्त्री बस्नेतले सरकारले खरिद गरेको स्वास्थ्य सामग्री ठूलो मात्रामा भए पनि त्यसको सदुपयोग हुन नसकेको भन्दै आपत्ति जनाउनुभयो ।
मन्त्री बस्नेतले नागरिकको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर काममा खटिन स्वास्थ्यकर्मीलाई सचेत गराउनुभयो । उज्यालो
May 4, 2023 10:20 pm | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।