प्रधानमन्त्री प्रचण्डलाई ओलीकाे चुनाैती– ‘दाेषीविरुद्ध उभिने हिम्मत देखाउनुस्, एमालेविरुद्ध हाेइन’
काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीविरुद्ध दृढतापूर्वक उभिन चुनौती दिनुभएको छ ।
सोमवार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित राष्ट्रिय युवा सङ्घ नेपालको प्रथम पूर्ण बैठकमा अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्ड त्याे प्रकरणका दोषीलाई जोगाउने पक्षमा लागि परेकै कारण आफूले उहाँसँगको भेटमा ‘दोषीहरू कोही पनि नछुटून्’ भनेर भन्नुपरेको जिकिरसमेत गर्नुभयो । प्रधानमन्त्रीले त्याे प्रकरणका दोषीलाई जोगाउने, आफ्नो पार्टीलाई फसाउने खालको प्रयास गरेपछि आफूले प्रकरणको छानबिन गरी दोषीमाथि कारबाही गर्न दबाब दिनुपरेको उहाँको स्पष्टीकरण थियो ।
उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री भ्रष्टहरूलाई जोगाउने र निर्दाेषहरूलाई अनावश्यक ढङ्गले मुद्दामा फसाउने खालका प्रयासमा हुनुहुन्छ । त्यस कारण समयमा मैले प्रधानमन्त्रीलाई भनेको छु– निर्दोषलाई फसाउने कोसिस नहोस् । कोही पनि भ्रष्टाचार नउम्किऊन् । छानबिन गरेर दोषीमाथि कारबाही गर्नुपर्याे । प्रतिपक्षको विरुद्ध होइन, दोषीको विरुद्ध उभिने हिम्मत देखाउनुस् त ? म प्रधानमन्त्रीलाई चुनौती दिएर भन्छु– दोषीको विरुद्ध उभिने हिम्मत देखाउनुस्, प्रतिपक्षका विरुद्ध होइन । म तपाईँहरूलाई आश्वास्त पार्न चाहन्छु– हाम्रो पार्टीले कसैको दोष, अपराधको ढाकछोप गर्दैन र कोही पनि दोषीलाई बचाउने काम गर्दैन ।’
कार्यक्रममा अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई नयाँ बोत्तलमा राखिएको पुरानो रक्सीको रूपमा चित्रण गर्नुभयो । तितेपातीकाे उदाहरण प्रस्तुत गर्दै उहाँले त्याे पार्टीको आयु बढीमा चार महिनाको रहेको पनि जिकिर गर्नुभयाे । एमाले सबैभन्दा पुरानो र नयाँ पार्टी भएको उहाँकाे दाबी थियाे ।
अध्यक्ष ओलीले देश बनाउने ‘भिजन’ विनाको पार्टीलाई नयाँ पार्टी भन्न नसकिने तर्क पनि गर्नुभयाे । उज्यालो
May 9, 2023 1:53 am | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन