Tuesday 7th May 2024

हिजो र अस्ति राताम्मे भएको शेयर बजार आज बढ्यो

12 months अगाडी

काठमाण्डाै – हिजो (साेमवार) र अस्ति (आइतवार) घटेर राताम्मे भएको शेयर बजार आज (मङ्गलवार) बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १० दशमलव ६६ अङ्कले बढेर एक हजार आठ सय ४४ दशमलव ३६ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेकोमा उत्पादन र होटल समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । आज दुई सय ६९ वटा कम्पनीकाे २८ लाख ३६ हजार कित्ता शेयर ७७ करोड ४७ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनीको छ करोड ९६ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै पिपुल्स पावर कम्पनीको शेयर साढे छ प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि युनिक नेपाल लघुवित्तको शेयर साढे आठ प्रतिशतभन्दा धेरैले घटेको छ । उज्यालो

          May 9, 2023 3:24 pm | अर्थ


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...