हिजो र अस्ति राताम्मे भएको शेयर बजार आज बढ्यो
3 years अगाडी
manoj Thapa
काठमाण्डाै – हिजो (साेमवार) र अस्ति (आइतवार) घटेर राताम्मे भएको शेयर बजार आज (मङ्गलवार) बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १० दशमलव ६६ अङ्कले बढेर एक हजार आठ सय ४४ दशमलव ३६ विन्दुमा पुगेको छ ।
आज सबै समूहको शेयर बढेकोमा उत्पादन र होटल समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । आज दुई सय ६९ वटा कम्पनीकाे २८ लाख ३६ हजार कित्ता शेयर ७७ करोड ४७ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनीको छ करोड ९६ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज सबैभन्दा धेरै पिपुल्स पावर कम्पनीको शेयर साढे छ प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि युनिक नेपाल लघुवित्तको शेयर साढे आठ प्रतिशतभन्दा धेरैले घटेको छ । उज्यालो
May 9, 2023 3:24 pm | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
Loading...