Saturday 18th May 2024

पार्टीको बैठकअघि बालुवाटार पुगेर फर्किए देउवा

1 year अगाडी

काठमाडौँ — नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीका प्रभावशाली नेता एवं आफ्नै नेतृत्वको सरकारका गृहमन्त्री बालकृष्ण खाँण समातिएपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई छटपटी छ ।

शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री खाँण पक्राउ परेपछि उनलाई पार्टीले तत्काल कारबाही गर्ने वा नगर्ने भन्ने विषयमा विवाद भइरहेका बेला निर्णयमा पुग्न देउवालाई दबाब परेको छ ।

खाँण प्रकरणमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बुधबार साँझको बैठकमा तत्काल निलम्बन गर्नुपर्ने माग गरेपछि त्यसलाई टार्न बिहीबार दिउँसो पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाएका देउवा त्यो बैठक कसरी फेस गर्ने भन्नेमा दबाबमा छन् ।

देउवाले पार्टीको बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर फर्किएका छन् । दाहाललाई भेट्न देउवा प्रधानमन्त्रीको सरकारी निवास पुगेका थिए । देउवा र दाहालबीच करिब एक घण्टा वान टु वान वार्ता भएको छ ।

कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक धुम्बाराहीस्थित देउवाको निवासमा बिहीबार दिउँसो २ बजे बस्दै छ । बुधबार साँझ बसेको बैठकमा खाँणलाई निलम्बन गर्नुपर्ने विषय उठे पनि सभापति देउवाले त्यसबारे कुनै प्रतिक्रिया जनाएनन् ।

सोही प्रकरणमा मुछिएका एमाले सचिव टोपबहादुर रायमाझी फरार छन् । एमालेले रायमाझीलाई बुधबार पार्टीबाट निलम्बन गरेको थियो । कान्तिपुर

          May 11, 2023 3:18 pm | राजनीति


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...