Friday 3rd May 2024

शहिद लखन थापामगर गोल्ड कपको तयारी पुरा

12 months अगाडी

कुबेत – नेपाल मगर सँघ शाखा कुवेतद्वारा आयोजित यहि १२ मे २०२३ शुक्रबारका दिन आयोजना हुन गईरहेको “प्रथम शहिद क्या लखन थापा मगर स्मृति रनिङ शिल्ड गोल्ड कप अन्तर नेपाली भलिवल टुर्नामेण्ट”को सम्पूर्ण तयारी भएको मगर सँघ शाखा कुवेतका महासचिव श्रवण गाहा मगरले मिडिया मार्फत जानकारी दिनुभएको छ।

 

यहि १२ मे २०२३ शुक्र्बारको दिन कुबेत स्थित अबुहालिफा सहिल स्पोर्टस क्लवको कभर्ड हलमा खेलाउन लागेको अन्तर-नेपाली भलिबल प्रतियोगिताको टाइ-सिट प्रकाशित गरीसकेको छ। प्रकाशित टाइ-सिट अनुसार उक्त भलिबल प्रतियोगिता जम्मा १० नेपाली टिमहरुले सहभागीता जनाएका छन। उक्त प्रतियोगिता लाई सु सम्पन्न गर्नको लागि BEC Exchange कुवेतले मुख्य प्रायोजन रहेको छ।

 

प्रकाशित टाइ-सिट अनुसार पहिलो खेल ‘ए पोल’ मगर संघ कुवेत (A) टिम र कल्याणकारी नेपाली यूवा समाज कुवेत टिम बिच हुनेछ। मगर सँघ कुवेतका सल्लाहाकार हिरा दर्लामी मगरको संयोजकत्व सम्पन्न हुन लागेको खेलमा प्रथम,द्वित्तिय बेष्ट टिम लाई नगद पुरस्कार,ट्रफी र प्रमाण-पत्र प्रदान गरिने छ। पुरस्कारको राशी प्रथम हुने टिमलाई २५० केडी,द्वित्तीय हुने टिम लाई १५० केडी र बेष्ट टिम लाई ट्रफि,प्रमाणपत्र  तय गरेको छ।

 

बिहान ८:०० बजे देखी शुरु हुने कार्यक्रममा कुबेतमा कृयाशिल सम्पुर्ण नेपाली संघ,संस्थाका प्रमुख,प्रतिनिधि,बुद्धिजीवी,व्यवसायी समाजसेवी,पत्रकार लाई संचार माध्यम बाट पत्रचार गरीसके को र कथमकदाचित छुट्न पुगेको भए यसै समाचार लाइ निमन्त्रणा मानी कार्यक्रमा उपस्थितिको लागि आयोजकले हार्दिक अनुरोध गर्दछ।

 

जानकारीको लागि :
खेल हुने मिति : १२ मे २०२३ शुक्र्बार
समया :बिहानको ठिक ०८.०० बजेदेखी
खेल मैदान :अबुहलिफा स्टेडियम
आयोजक : नेपाल मगर संघ शाखा कुवेत

 

विस्तृत जानकारीको लागि :-
जय आले मगर :- 66187107
उत्तम थापा मगर :- 98065299
श्रवण गाहा मगर :- 69058027

          May 11, 2023 6:03 pm | खेलकुद


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...