Friday 3rd May 2024

सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाज नेपाल च्यापटरको अध्यक्षमा हरेराम घिमिरे

12 months अगाडी

सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाज नेपाल च्यापटरको अध्यक्षमा हरेराम घिमिरे सर्वसम्मत चयन भएका छन ।

सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाज नेपाल च्यापटरको प्रथम ऐतिहासिक  भेला गठ्ठाघर मझेरी क्याफेमा ११ मे २०२३ का दिन माननीय माधव सापकोटा(सुबोध) को प्रमुख आतिथ्यता र सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाजका अध्यक्ष हरिकृष्ण न्यौपानेको विशेष आतिथ्यता  तथा अन्तर्राष्ट्रिय  सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाजका उपाध्यक्ष एवं  भेलाका संयोजक माधब पौडेलको सभापतित्वमा सम्पन्न भएको छ ।

जिल्लाका वरिष्ठ पत्रकार , समाजसेवी, शैक्षिक निकायका बिज्ञहरु ,कलाकार, व्यवसायीहरुको बाक्लो उपस्थितिमा  भेलाले हरेराम घिमिरेको अध्यक्षतामा १५ सदस्य कार्यसमिति गठन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा सरोज लामीछाने, महिला उपाध्यक्षमा उजेली श्रेष्ठ (उमा), महासचिवमा कुमार प्रसाद लामिछाने, सचिवमा जनक राम पराजुली, कोषाध्यक्षमा मिरा पौडेल, सह-कोषाध्यक्षमा उत्सव खड्का, युवा संयोजकमा सुरेश तिमल्सिना र महिला संयोजकमा मिरा महर्जन चयन भएक छन ।

त्यसैगरी सदस्यमा सिता न्यौपाने, समुन्द्र नेपाल, सुर्य न्यौपाने, दिपक प्रसाद उप्रेती , मछिन्द्र न्यौपाने र उमेश पराजुली चयन भएका छन ।

          May 14, 2023 3:54 pm | लोकप्रिय


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...