Wednesday 8th May 2024

१० महिनामा १२ खर्ब ४ अर्ब रुपैयाँ बराबरको व्यापार घाटा

12 months अगाडी

काठमाण्डाै – चालु आर्थिक वर्षको १० महिनाको अवधिमा १२ खर्ब चार अर्ब ४२ करोड २४ लाख रुपैयाँ बराबरको व्यापार घाटा भएको छ । भन्सार विभागले आज आइतवार सार्वजनिक गरेको विवरणमा १० महिनामा नेपालले १३ खर्ब ३५ अर्ब ३२ करोड २४ लाख रुपैयाँ बराबरको मालवस्तु आयात गरेको छ ।

१० महिनाको अवधिमा नेपालले १४ खर्ब ६६ अर्ब २२ करोड २४ लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । विभागका अनुसार यस अवधिमा नेपालले एक खर्ब ३० अर्ब ९० करोड रुपैयाँ बराबरको मालवस्तु निर्यात गरेको छ । यस अवधिका वस्तु आयात र निर्यात दुवै घटेको छ । आर्थिक वर्ष २०७८/७९ को १० महिनाको अवधिमा नेपालले एक खर्ब ७३ अर्ब ३४ करोड रुपैयाँ बराबरको मालवस्तु निर्यात गरेको थियो । गएकाे वर्षको तुलनामा चालु आर्थिक वर्षकाे १० महिनामा वस्तु निर्यात २४ दशमलव ४९ प्रतिशतले घटेको छ ।

विभागका अनुसार आर्थिक वर्ष २०७८/७९ मा १६ खर्ब चार अर्ब ६५ करोड २५ लाख रुपैयाँ बराबरको आयात गरेकाेमा चालु आर्थिक वर्षकाे १० महिनामा १३ खर्ब ३५ अर्ब ३२ करोड २४ लाख रुपैयाँ बराबरको आयात भएको छ । कारोबारका आधारमा आर्थिक वर्ष २०७८/७९ मा १७ खर्ब ७८ अर्ब रुपैयाँ बराबरको व्यापार भएकाेमा चालु आर्थिक वर्षकाे १० महिनामा १४ खर्ब ६६ अर्ब २२ करोड रुपैयाँ बराबरको व्यापार भएको छ । उज्यालो

          May 21, 2023 7:11 pm | अर्थ


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...