१० महिनामा १२ खर्ब ४ अर्ब रुपैयाँ बराबरको व्यापार घाटा
काठमाण्डाै – चालु आर्थिक वर्षको १० महिनाको अवधिमा १२ खर्ब चार अर्ब ४२ करोड २४ लाख रुपैयाँ बराबरको व्यापार घाटा भएको छ । भन्सार विभागले आज आइतवार सार्वजनिक गरेको विवरणमा १० महिनामा नेपालले १३ खर्ब ३५ अर्ब ३२ करोड २४ लाख रुपैयाँ बराबरको मालवस्तु आयात गरेको छ ।
१० महिनाको अवधिमा नेपालले १४ खर्ब ६६ अर्ब २२ करोड २४ लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । विभागका अनुसार यस अवधिमा नेपालले एक खर्ब ३० अर्ब ९० करोड रुपैयाँ बराबरको मालवस्तु निर्यात गरेको छ । यस अवधिका वस्तु आयात र निर्यात दुवै घटेको छ । आर्थिक वर्ष २०७८/७९ को १० महिनाको अवधिमा नेपालले एक खर्ब ७३ अर्ब ३४ करोड रुपैयाँ बराबरको मालवस्तु निर्यात गरेको थियो । गएकाे वर्षको तुलनामा चालु आर्थिक वर्षकाे १० महिनामा वस्तु निर्यात २४ दशमलव ४९ प्रतिशतले घटेको छ ।
विभागका अनुसार आर्थिक वर्ष २०७८/७९ मा १६ खर्ब चार अर्ब ६५ करोड २५ लाख रुपैयाँ बराबरको आयात गरेकाेमा चालु आर्थिक वर्षकाे १० महिनामा १३ खर्ब ३५ अर्ब ३२ करोड २४ लाख रुपैयाँ बराबरको आयात भएको छ । कारोबारका आधारमा आर्थिक वर्ष २०७८/७९ मा १७ खर्ब ७८ अर्ब रुपैयाँ बराबरको व्यापार भएकाेमा चालु आर्थिक वर्षकाे १० महिनामा १४ खर्ब ६६ अर्ब २२ करोड रुपैयाँ बराबरको व्यापार भएको छ । उज्यालो
May 21, 2023 7:11 pm | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।