लगातार पाँचौँ दिन पनि शेयर बजार बढ्यो, एक अर्ब २७ करोड रुपैयाँको कारोबार
3 years अगाडी
manoj Thapa
काठमाण्डाै – लगातार पाँचाैँ दिन पनि शेयर बजार बढेको छ । शेयर बजार परिसूचक नेप्से आज आठ दशमलव १० अङ्कले बढेर एक हजार आठ सय ९१ दशमलव ३१ बिन्दुमा पुगेको छ।
बैंक र व्यापार समूहको शेयर सामान्य घटेको छ भने बाँकी सबै समूहको शेयर उकालो लागेको छ । बजार बढे पनि कारोबार रकममा भने कमी आएको छ । हिजो एक अर्ब ६० करोड रुपैयाँको शेयर कारोबार भएकोमा आज २ सय ७२ वटा कम्पनीका ३४ लाख ९५ हजार कित्ता शेयर एक अर्ब २७ करोड ८७ लाख रुपैयाँमा कारोबार भएका छन् ।
सबैभन्दा धेरै शिवम् सिमेन्टको ७ करोड ३४ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज सबैभन्दा धेरै आत्मनिर्भर लघुवित्तको शेयर १० प्रतिशत र युनिलिभर नेपालको शेयर सात प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन आज ग्रिनलाइफ हाइड्रोपावर कम्पनीको शेयर सबैभन्दा धेरै साढे सात प्रतिशतले घटेको छ । उज्यालो
May 23, 2023 3:14 am | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
Loading...