लुम्बिनी समाज नेपाल कुवेतको छैटौं अधिवेशन तथा वार्षिक उत्सव ११ अगष्ट २०२३ मा हुने
कुबेत,”सेवा र सहयोगमा प्रवासबाट हाम्रो भूमिका” भन्ने मुला नाराको साथ २०१३ मा स्थापना भएको लुम्बिनी समाज नेपाल कुवेतले कुबेतमा रोजगारीको सिलसिलामा कुवेतलाई कर्मथलो बनाउदै आएका लुम्बिनीबासीहरु लाई एक ढिक्का बनाउदै आएको लुम्बिनी समाज नेपाल कुबेतको आफ्नो छैटौं अधिवेशन तथा वार्षिक उत्सव आगामी अगस्ट ११ तारिक २०२३ शुक्रबार को दिन अतिथी कलाकार को साथमा मनाइने समाजका अध्यक्ष नेत्र पेमी मगरले मिडिय मार्फत जानकारी गराएको छ।
आफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था लुम्बिनी समाज नेपाल कुबेतले कुवेतका संघ संस्थाहरुसंग हातेमालो गर्दै सामाजिक कार्यमा अग्रसर रहदै आएको छ भने गृह जिल्ला तथा ग़ैर जिल्लामा विभिन्न खाले अप्ठ्यारामा परेकाहरुलाई आफ्नो क्षमता र पहुँचले भ्याए सम्म आर्थिक नैतिक र भौतिकरुपले सहयोग गर्दै आएको छ।
उक्त दिन हुने कार्यक्रममा कुवेतमा रहनु हुने लुम्बिनीवासीहरु लगाएत कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ संस्थाका पदाधिकारी,बुद्धिजिवि,समाजसेवी,पत्रकार,कलाकार, खेलाडी साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई अग्रिम निमन्त्रणा दिदै उक्त दिन कुनै कार्यक्रम नजुधाइ दिनुहुन अध्यक्ष मगरले विनम्र अनुरोध गरेका छन्।
आयोजक : लुम्बिनी समाज नेपाल कुवेत
कार्यक्रम: छैटौं अधिवेशन तथा वार्षिक उत्सव
स्थान : तय नभएको खोजीमा
मिति/समय : अगस्ट ११ तारिक बिहान ११ बजे देखी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।