Monday 29th April 2024

लुम्बिनी समाज नेपाल कुवेतको छैटौं अधिवेशन तथा वार्षिक उत्सव ११ अगष्ट २०२३ मा हुने

11 months अगाडी

कुबेत,”सेवा र सहयोगमा प्रवासबाट हाम्रो भूमिका” भन्ने मुला नाराको साथ २०१३ मा स्थापना भएको लुम्बिनी समाज नेपाल कुवेतले कुबेतमा रोजगारीको सिलसिलामा कुवेतलाई कर्मथलो बनाउदै आएका लुम्बिनीबासीहरु लाई एक ढिक्का बनाउदै आएको लुम्बिनी समाज नेपाल कुबेतको आफ्नो छैटौं अधिवेशन तथा वार्षिक उत्सव आगामी अगस्ट ११ तारिक २०२३ शुक्रबार को दिन अतिथी कलाकार को साथमा मनाइने समाजका अध्यक्ष नेत्र पेमी मगरले मिडिय मार्फत जानकारी गराएको छ।

आफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था लुम्बिनी समाज नेपाल कुबेतले कुवेतका संघ संस्थाहरुसंग हातेमालो गर्दै सामाजिक कार्यमा अग्रसर रहदै आएको छ भने गृह जिल्ला तथा ग़ैर जिल्लामा विभिन्न खाले अप्ठ्यारामा परेकाहरुलाई आफ्नो क्षमता र पहुँचले भ्याए सम्म आर्थिक नैतिक र भौतिकरुपले सहयोग गर्दै आएको छ।

उक्त दिन हुने कार्यक्रममा कुवेतमा रहनु हुने लुम्बिनीवासीहरु लगाएत कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ संस्थाका पदाधिकारी,बुद्धिजिवि,समाजसेवी,पत्रकार,कलाकार, खेलाडी साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई अग्रिम निमन्त्रणा दिदै उक्त दिन कुनै कार्यक्रम नजुधाइ दिनुहुन अध्यक्ष मगरले विनम्र अनुरोध गरेका छन्।

आयोजक : लुम्बिनी समाज नेपाल कुवेत
कार्यक्रम: छैटौं अधिवेशन तथा वार्षिक उत्सव
स्थान : तय नभएको खोजीमा
मिति/समय : अगस्ट ११ तारिक बिहान ११ बजे देखी

          May 24, 2023 10:09 pm | Uncategorized,लोकप्रिय


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...