Sunday 28th April 2024

काभा महिला भलिबलको फाइनल खेल आज : नेपालले तेस्रो स्थानका लागि खेल्दै

11 months अगाडी

काठमाण्डाै – एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपको उपाधिका लागि आज भारत र काजकिस्तान खेल्दैछन् ।

खेल दिउँसो सवा ४ बजे राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा हुनेछ । प्रतियोगिता अन्तर्गत तेस्रो स्थानको लागि आज नेपाल र उज्वेकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । नेपाल र उज्वेकिस्तानबीचको खेल बिहान साढे ११ बजे सुरु हुनेछ ।

शुक्रवार भएको दोस्रो सेमिफाइनलमा काजकिस्तानसँग पराजित भएपछि नेपालले तेस्रो स्थानको लागि खेल्न लागेको हो । उज्वेकिस्तान भारतसँग पराजित भएको थियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हिजो भएको खेलमा श्रीलङ्काले कीर्गिस्तानलाई सोझो सेटमा पराजित गरी पाँचौँ भएको छ ।

त्यस्तै माल्दिभ्सले बङ्लादेशलाई ३–१ को सेटमा पराजित गरी सातौँ भयो । बङ्लादेशले भने आठ टोली सहभागी प्रतियोगितामा पुछारमा रहँदै प्रतियोगिता टुङ्ग्याएको छ । उज्यालो

          May 28, 2023 11:52 am | खेलकुद


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...