बजेट बनाउँदा अनधिकृत व्यक्तिकाे संलग्नता भए रास्वपाले विरोध गर्छ : स्वर्णिम वाग्ले
काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले अर्थमन्त्रीले बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न गराएको सत्य भए आफ्नाे पार्टीले विराेध गर्ने बताउनुभएको छ ।
सोमवार काठमाण्डाैमा आर्थिक मिडिया सोसाइटीले आयोजना गरेको ‘पोस्ट बजेट– अ होलिस्टिक डिस्क्लोजर विषयक अन्तक्रियामा डा. वाग्लले यस्तो बताउनुभएको हो । उहाँले चालु आर्थिक वर्षको जस्तै बजेटमा अनधिकृत व्यक्ति संलग्न भएकाे विषय सत्य नहोस् भन्ने अपेक्षा रहेको पनि बताउनुभयो । उहाँले करका दरमा नीतिगत भ्रष्टाचार हुन नहुने बताउनुभयो ।
सांसद वाग्लेले यदि करका दरमा गएकाे वर्षको जस्तो भएको सत्य भए याे विषयलाई संसदमा गम्भीररूपमा उठाउने बताउनुभयो । उहाँले अर्थमन्त्रीले करका विषयमा धेरै कुरा नबोले पनि करका विषयमा धेरै विवादहरू आएको उल्लेख गर्नुभयाे ।
वाग्लेले सरकारले विद्युतीय गाडीमा लिने अस्थिर करका दरले समस्या बनाएको बताउनुभयो । उहाँले सरकारले विद्युतीय गाडीमा स्थिर करका दर कायम गर्न आवश्यक रहेकोमा जाेड दिनुभयाे । विद्युतीय गाडीका व्यवसायीलाई कति कर्मचारी र चार्जिङ स्टेशन राख्ने भन्ने अलमल भएकाे उहाँकाे भनाइ छ । सरकारले कुनै एउटा पक्षलाई फाइदा पुग्ने गरी करका दर कायम गर्नु दुर्भाग्य भएको उहाँले बताउनुभयो ।
सांसद वाग्लेले सरकारले ल्याउने बजेटमा आयको अनुमान, व्ययको अनुमान केही पनि नमिल्ने गरेको बताउनुभयो । उहाँले सरकारले बजेटमा हावादारी रूपमा अङ्क राख्ने गरेको आरोप पनि लगाउनुभयो । उहाँले बजेटमा भनिएका कुराहरू अङ्कमा नमिल्ने भएकाले नागरिकले पत्याउने अवस्था नरहेको बताउनुभयाे । उहाँले सरकारकाे वैदेशिक अनुदान र ऋण अपेक्षाअनुसार नउठ्ने दाबी पनि गर्नुभयाे ।
वाग्लेले हरेक वर्ष बजेट घटाउनुपर्ने अवस्था बनेका कारण बजेटमाथि विश्वसनीयता कम हुँदै गएको बताउनुभयो । उहाँले अहिले सरकारले तिर्ने ब्याज बढ्दै जाँदा त्यसलाई राजस्वले धान्न नसक्ने बताउनुभयो । उहाँले वैदेशिक ऋणले नपुग्ने भएकाले ऋणको सावाँ ब्याज तिर्न आन्तरिक ऋण ऊठाउनुपर्ने अवस्था आएको बताउनुभयो । उज्यालो
June 6, 2023 1:11 am | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।