Saturday 4th May 2024

प्रचण्ड र बाबुराम भट्टराईविरुद्धकाे रिट दर्ता गर्न सर्वाेच्चकाे आदेश

11 months अगाडी

काठमाण्डाै – सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईविरुद्धको रिट दर्ता गर्न आदेश दिएको छ ।

पूर्व बालसेनाहरूका तर्फबाट लेनिन विष्टलगायतको रिट यसअघि सर्वोच्च प्रशासनले दरपिठ गरेको थियो । सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले दरपिठ खारेज गर्दै रिट दर्ता गर्न आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ता बिमल पौडेलले जानकारी दिनुभयो । रिटमा सशस्त्र द्वन्द्वकालका बालसेनाहरूको योगदानको अवमूल्यन गरेको आरोप छ ।

यसअघि रजिस्ट्रार नारायणप्रसाद पन्थीले माओवादी सशस्त्र द्वन्द्वकालका घटना सङ्क्रमणकालीन न्याय संयन्त्रले सम्बोधन गर्न उपयुक्त हुने भन्दै जेठ १६ गते रिट दर्ता नहुने आदेश दिनुभएको थियो । उज्यालो

          June 9, 2023 7:09 pm | राजनीति


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...