Saturday 4th May 2024

ललिता निवास जग्गा हिनामिना प्रकरण : भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङसहित थप ६ जना पक्राउ

10 months अगाडी

काठमाण्डाै – बालुवाटारको ललिता निवास जग्गा हिनामिना प्रकरणमा तत्कालीन सहसचिव कलाधर देउजा र भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित थप ६ जना पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले देउजा र गुरुङसहित मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन कर्मचारीहरू सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम, गोपाल कार्की र हुपेन्द्रमणि केसीलाई काठमाण्डाैका विभिन्न ठाउँबाट पक्राउ गरेको हो ।

पक्राउ परेका पूर्वकर्मचारीहरूले २०४९ देखि २०६६ सालसम्म मालपोत कार्यालय र भूमि सुधार तथा व्यवस्था विभागमा काम गरेका थिए । उनीहरूसहित राजनीतिक, प्रशासनिक, व्यापारिक र भूमाफियाको मिलेमतोमा सरकारी कागजात किर्ते गरेर सरकारी जग्गा हडपेकाे सीआईबीको अनुसन्धानमा खुलेको छ ।

ललिता निवास प्रकरणमा यसअघि तीन सय जनालाई प्रतिवादी बनाएर प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो । तर सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्नुपर्ने जनाउँदै फाइल फिर्ता पठाएको थियो ।

ललिता निवास प्रकरणको बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छुट्टै अनुसन्धान गरेर विशेष अदालतमा दर्ता गरेको मुद्दा अहिले पनि विचाराधीन छ । सरकारको स्वामित्वमा रहेको बालुवाटारमा रहेको ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी गरेको आरोपमा प्रहरीले कारबाही अघि बढाएको छ । उज्यालो

          June 27, 2023 4:05 pm | राजनीति


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...