नेपाल आदिवासी जनजाती महासंघ, कुवेतले २९औ विश्व आदिवासी दिवस तथा चौथो अधिवेशन कार्यक्रम १८ अगष्टमा गर्ने
नेपाल आदिवासी जनजाती महासंघ, कुवेत शाखा द्वारा यही आउदो १८ अगष्ट शुक्रबार २९औ विश्व आदिवासी दिवस (29th International Day of the World’s Indigenous People ) तथा चौथो अधिवेशनको कार्यक्रम गर्ने तय गरेको छ ।
विश्वका आदिवासी जनजातीहरुलाई एक बद्ध गराई उनिहरुको हक हितको संरक्षण गर्न गराउन हरेक बर्ष ‘९ अगष्ट’ का दिन विश्व आदिवासी दिवस मनाउने गरिन्छ यसै मेसोमा कुवेतमा रहेका जनजातीहरु र कृयाशिल जातिय संस्थाहरुको छाता संस्थाका रुपमा २०१४ मा स्थापित नेपाल आदिवासी जनजाती महासंघ, कुवेत शाखाले ‘विश्व आदिवासी दिवस’ तथा आफ्नो चौथो कार्यकालको निम्ती ऐतिहासिक अधिवेशन सम्पन्न गर्न लागेको हो । जसको निम्ती महासंघले आफ्नो गृहकार्य शुरु गर्दै बिभिन्न कार्यबिभाजन गरेको छ ।
कुवेतमा कृयाशिल जातिय संस्थाहरुको अभिभावकत्व निर्वाह गर्ने नेपाल आदिवासी जनजाती महासंघ, कुवेत शाखामा आबद्ध सस्थाहरु यस प्रकार रहेको छ ।
१) तमू समाज, कुबेत
२) नेपाल तामाङ घेदुङ, कुवेत
३) नेपाल मगर संघ, कुबेत
४) किरात राई यायोक्खा, कुबेत
५) किरात याक्थुङ चुम्लुङ, कुबेत
६) तमू प्ये ल्हु संघ शाखा, कुवेत
७) सुनुवार सेवा समाज, कुबेत
८) नेवा:गूठी, कुवेत
कार्यक्रम सम्वन्धी थप जानकारी;
कार्यक्रम: चौथो ऐतिहासिक अधिवेशन तथा २९औ विश्व आदिवासी दिवस
मिति: अगस्ट १८ तारिक २०२३ शुक्रबार
समय: बिहान् ठिक ११ बजे देखी
आयोजक: आदिवासी जनजाति महासंघ कुवेत
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।