Tuesday 7th May 2024

इन्जिनियरको घरमा चोर्न लायक मूल्यवान सामान केही नभेटेपछि चोरले ५०० को नोट छाडेर गए

10 months अगाडी

काठमाडौं । भारतको राजधानी दिल्लीबाट एउटा अचम्मको खबर आएको छ । रोहिणीको सेक्टर आठ क्षेत्रमा रहेको घरमा चोरहरु चोरी गर्न पसे । चोर गिरोहले पूरै घर खोजे तर चोर्न लायक केही फेला परेन ।

त्यसपछि यो गिरोह घरमा ५ सयको नोट छाडेर त्यहाँबाट गएको थियो । घरधनी फर्केपछि उनले उत्तर रोहिणी प्रहरी चौकीलाई घटनाबारे जानकारी गराएका थिए । सूचना पाएलगत्तै प्रहरी घटनास्थल पुगेको थियो । प्रहरीले यस विषयमा अनुसन्धान सुरु गरेको छ ।

शुक्रबार उत्तर रोहिणी प्रहरी चौकीमा रोहिणी सेक्टर ८ स्थित घरमा चोरीको घटना भएको जानकारी प्राप्त भएको थियो । घटनास्थलमा वृद्धले प्रहरीलाई भने कि उनी आफ्नी श्रीमतीसँग गुरुग्राममा बस्ने छोराकहाँ गएका थिए। शुक्रबार बिहान उनलाई छिमेकीले फोन मार्फत उनको घरमा चोरी भएको जानकारी दिएका थिए ।

गरको ताला भाँचिएको थियो यद्यपि चोरहरूले भित्रबाट कुनै पनि सामान चोरेका छैनन्। तर उनले ढोका नजिकै ५ सयको नोट फेला पारे । अहिले यी नोट चोर्न आएका मानिसहरुले छाडेको प्रहरीले अनुमान गरेको छ । अहिले प्रहरीले नजिकैको सिसिटिभी क्यामेराको फुटेज स्क्यान गरी चोरहरुको खोजी गरिरहेको छ । डिसी नेपाल

          July 25, 2023 5:33 pm | अपराध


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...