इन्जिनियरको घरमा चोर्न लायक मूल्यवान सामान केही नभेटेपछि चोरले ५०० को नोट छाडेर गए
काठमाडौं । भारतको राजधानी दिल्लीबाट एउटा अचम्मको खबर आएको छ । रोहिणीको सेक्टर आठ क्षेत्रमा रहेको घरमा चोरहरु चोरी गर्न पसे । चोर गिरोहले पूरै घर खोजे तर चोर्न लायक केही फेला परेन ।
त्यसपछि यो गिरोह घरमा ५ सयको नोट छाडेर त्यहाँबाट गएको थियो । घरधनी फर्केपछि उनले उत्तर रोहिणी प्रहरी चौकीलाई घटनाबारे जानकारी गराएका थिए । सूचना पाएलगत्तै प्रहरी घटनास्थल पुगेको थियो । प्रहरीले यस विषयमा अनुसन्धान सुरु गरेको छ ।
शुक्रबार उत्तर रोहिणी प्रहरी चौकीमा रोहिणी सेक्टर ८ स्थित घरमा चोरीको घटना भएको जानकारी प्राप्त भएको थियो । घटनास्थलमा वृद्धले प्रहरीलाई भने कि उनी आफ्नी श्रीमतीसँग गुरुग्राममा बस्ने छोराकहाँ गएका थिए। शुक्रबार बिहान उनलाई छिमेकीले फोन मार्फत उनको घरमा चोरी भएको जानकारी दिएका थिए ।
गरको ताला भाँचिएको थियो यद्यपि चोरहरूले भित्रबाट कुनै पनि सामान चोरेका छैनन्। तर उनले ढोका नजिकै ५ सयको नोट फेला पारे । अहिले यी नोट चोर्न आएका मानिसहरुले छाडेको प्रहरीले अनुमान गरेको छ । अहिले प्रहरीले नजिकैको सिसिटिभी क्यामेराको फुटेज स्क्यान गरी चोरहरुको खोजी गरिरहेको छ । डिसी नेपाल
July 25, 2023 5:33 pm | अपराध
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला