Tuesday 7th May 2024

महेन्द्र यादवमाथिको आक्रमण र कान्ति बाल अस्पतालको घटनाबारे सदनलाई जानकारी गराउन सभामुखको रुलिङ

8 months अगाडी

काठमाण्डाै – सभामुख देवराज घिमिरेले कांग्रेस सहमहामन्त्री एवम् संविधानसभा सदस्य महेन्द्र यादवमाथि भएको साङ्घातिक आक्रमण र कान्ति बाल अस्पतालकाे घटनाबारे संसद्लाई जानकारी गराउन सरकारलाई रुलिङ गर्नुभएको छ ।

आज बिहीवार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक, शून्य र विशेष समयमा बोल्ने सांसदहरूले यी घटनाबारे गम्भीर ध्यानाकर्षण गराएपछि सभामुखले महेन्द्र यादवमाथिकाे आक्रमण र कान्ति बाल अस्पतालमा उपचारको अभावमा ज्यान गुमाएकी पाँच वर्षीया बालिकाबारे जानकारी गराउन सरकारलाई निर्देशन दिनुभएको हो ।

उहाँले भन्नुभयो, ‘आजको आकस्मिक, शून्य र विशेष समयमा कान्ति बाल अस्पतालमा पाँच वर्षीया बालिकाको ज्यान गएकाे गएको र संविधानसभा सदस्य एवम् नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको विषयमा गम्भीर कुराहरू छन् । यी विषयमा सदनलाई जानकारी गराउन सरकारलाई म निर्देश गर्दछु ।’

बैठकमा सांसदहरूले यी दुवै घटनामा संलग्न दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेका थिए । उज्यालो

          September 7, 2023 5:34 pm | राजनीति


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...