महेन्द्र यादवमाथिको आक्रमण र कान्ति बाल अस्पतालको घटनाबारे सदनलाई जानकारी गराउन सभामुखको रुलिङ
काठमाण्डाै – सभामुख देवराज घिमिरेले कांग्रेस सहमहामन्त्री एवम् संविधानसभा सदस्य महेन्द्र यादवमाथि भएको साङ्घातिक आक्रमण र कान्ति बाल अस्पतालकाे घटनाबारे संसद्लाई जानकारी गराउन सरकारलाई रुलिङ गर्नुभएको छ ।
आज बिहीवार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक, शून्य र विशेष समयमा बोल्ने सांसदहरूले यी घटनाबारे गम्भीर ध्यानाकर्षण गराएपछि सभामुखले महेन्द्र यादवमाथिकाे आक्रमण र कान्ति बाल अस्पतालमा उपचारको अभावमा ज्यान गुमाएकी पाँच वर्षीया बालिकाबारे जानकारी गराउन सरकारलाई निर्देशन दिनुभएको हो ।
उहाँले भन्नुभयो, ‘आजको आकस्मिक, शून्य र विशेष समयमा कान्ति बाल अस्पतालमा पाँच वर्षीया बालिकाको ज्यान गएकाे गएको र संविधानसभा सदस्य एवम् नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको विषयमा गम्भीर कुराहरू छन् । यी विषयमा सदनलाई जानकारी गराउन सरकारलाई म निर्देश गर्दछु ।’
बैठकमा सांसदहरूले यी दुवै घटनामा संलग्न दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेका थिए । उज्यालो
September 7, 2023 5:34 pm | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन