Thursday 2nd May 2024

वैदेशिक व्यापारका सबै सूचक घटे, प्रतिबन्ध फुकुवा र चाडपर्वको असर देखिएन

7 months अगाडी

काठमाण्डाै – चालु आर्थिक वर्ष २०८०/८१ को दुई महिनामा वैदेशिक व्यापारका सबै सूचकमा कमी आएको छ । अर्थतन्त्रका मुख्य सूचकमा सुधार देखिए पनि आयात, निर्यात र समग्र वैदेशिक व्यापारमा कमी आएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।

साउन र भदौ महिनामा दुई खर्ब ५९ अर्ब ७४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो आयात रकम गएको आर्थिक वर्षको साउन र भदौको तुलनामा पाँच प्रतिशतले कम हो । यस्तै साउन र भदौमा गरेर २६ अर्ब ४४ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । यो गएको वर्षको शुरुको दुई महिनाको तुलनामा झन्डै आठ प्रतिशतले कमी हो । आयात र निर्यात मात्र नभई समग्र व्यापारमा नै कमी आएको छ ।

दुई महिनामा दुई खर्ब ८६ अर्ब १९ करोड रुपैयाँको वैदेशिक व्यापार भएको छ । याे गएको वर्षको दुई महिनाको तुलनामा पाँच दशमलव ३२ प्रतिशतले कम हो । साउन र भदौमा दुई खर्ब ३३ अर्ब ३० करोड रुपैयाँको व्यापार घाटा भएको छ । गएको वर्षको दुई महिनामा दुई खर्ब ४४ अर्ब ९१ करोड रुपैयाँ व्यापार घाटा थियो ।

गएको वर्ष विदेशी मुद्राको सञ्चितिमा कमी आउँदा सरकारले महँगा गाडी, मोबाइल र विलासिताका अन्य धेरै वस्तुको आयातमा रोक र परिमाणात्मक बन्देज लगाएको थियो । तर अहिले कुनै बन्देज नभए पनि आयातमा कमी आउनुलाई विज्ञहरूले आर्थिक मन्दीको असर भनेका छन् । दशैँ र तिहारका लागि समेत साउन र भदौमा विदेशबाट वस्तुको आयात हुँदा यी दुई महिनामा विगतमा आयात उच्च हुन्थ्यो तर यस पटक भने सरकारले कुनै रोकताेक नगर्दा र चाडबाड मुखैमा आइपुग्दा समेत आयातमा कमी आएको हो । उज्यालो

          September 24, 2023 5:23 pm | अर्थ


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...